राजा ल्याउँछौं भन्नेहरु रक्सी चोर्दै भाग्दै हिँडेका छन्ः प्रधानमन्त्री ओली
दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई स्थिरता र स्थायित्व चाहिएको बताएका छन् । नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको जनजागरण सभामा बोल्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन र विकास भइरहेको दाबीसमेत गरे ।
उनले विभिन्न बहानामा देशलाई अस्थिरतामा लैजाने तमासा गरिरहेको बताए । उनले भने, ‘राजनीति भनेको थाहै नपाएका ढुंगा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम मच्चाएका छन् । ड्राइभिङ नजानेकाले राम्रोसँग गाडी चलाउँछु भनिरहेका छन् ।’
उनले आफूलाई असली भनेर मान्छेहरुले जनतालाई छक्याएको बताए । प्रधानमन्त्री ओलीले थपे, ‘दुईचार मान्छेले राजा फर्काउँछौं भन्दै हिँडेका छन् । गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन् ।’
उनले राजा ल्याउँछौं भन्नेले रक्सी चोर्दै भाग्दै हिँडेको बताए । राजा फर्काउने र तिनीहरुलाई मन्त्री, प्रधानमन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई बनाउँदा राम्रो हुने उनको भनाइ छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
