गृहलक्ष्मी साकोसले सुरु गर्यो चेकलेस कारोवार

धुलावारी । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले चेक लेस कारोवार सुरु गरेको छ । नयाँ वर्ष २०८२ को अवसर पारी संस्थाले चेक लेस कारोवार सुरु गरेको हो । शुक्रवार संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले चेक लेस कारोवारको शुरुवाट गरेका हुन ।
संस्थाको प्रधान कार्यलय तथा सबै शाखा कार्यालयको काउण्टर मार्फत चेकलेस कारोवार सुरु गरिएको छ । संस्थाले यस अगाडि देखिनै मोबाइल बैकिङ्क सुरु गरेको भएपनि नयाँ वर्षको सुरुवात सगैँ चेकलेस कारोवारको थालनी गरिएको व्यवस्थापक सरोज मेहेराले जानकारी दिए । संस्थाले सदस्यहरुका लागि प्रविधिको प्रयोग गरी सेवा छिटोछरितो बनाउन उक्त सेवाको सुरु गरेको हो । सदस्यहरुलाई प्रविधिमैत्री बनाउँदै प्रविधिको भरपूर उपभोगमा संस्थाले जोड दिएको छ ।
संस्थाले मोबाइल बैकिङ्क मार्फत ब्यालेन्सको जानकारी, मिनी स्टेटमेन्ट, चेक अनुरोध र चेक रद्ध, नगद ट्रान्सफर, लोनको जानकारी, एस.एम.एस अलर्ट, युटिलिटि बिल पेमेन्ट, लोडफड्स र एप नोटिफिकेशन लगायतको जानकारी सदस्यहरुले प्राप्त गर्दै आएका छन् ।
अब, गृहलक्ष्मी साकोसका सदस्यहरुले सम्पुर्ण भुक्तानी घरमै बसी बसी भुक्तानी गर्न सक्नेछन् ।
चेक नहुँदा एप प्रयोग गरी काउन्टरमा रहेको क्युआर कोड स्क्यान गरेर वा बजार प्रतिनिधिहरुसंग भएको क्यु आर स्क्यान गरेर सदस्यहरुले नगद लिन सक्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...