एनएमसीले सञ्चालनमा ल्यायो ‘एनएमसी एग्रो मिल’
मेचीनगर । वित्तीय कारोबारसँगै कृषिमा रुपान्तरणकारी योजनाहरु अघि सार्दै पूर्वकै नमूनाका रुपमा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि। ले ‘एनएमसी एग्रो मिल’ सञ्चालनमा ल्याएको छ । मेचीनगर १४ दुहागढीमा निर्मित उक्त मिलको आज एक कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले औपचारिक उद्घाटन गरेका हुन् ।
मिलको ‘मेन स्वीच’ थिच्दै नगरप्रमुख बुढाथोकीले औपचारिक उद्घाटन गरे । मिलमा विशेष गरी उत्पादित तोरीलाई प्रशोधन गरी शुद्ध तोरीको तेल उत्पादन हुने संस्थाले जनाएको छ । पछिल्लो समय बजारमा शुद्ध तोरीको तेल आउन छोडेको र बजारमा पाइने तेलले आम उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याइरहेको परिस्थिति छ ।

जसलाई चिर्दै शुद्ध तोरीको तेल बजारमा पुर्याउने संस्थाको उद्देश्य रहेको छ । कार्यक्रममा मिल स्थापनाको उद्देश्य र संस्थाको अन्य गतिविधिका बारे जानकारी दिँदै संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाले अघि बढाइरहेको योजनामा अर्को नविन योजना थपिएको बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



