एनएमसीले सञ्चालनमा ल्यायो ‘एनएमसी एग्रो मिल’
मेचीनगर । वित्तीय कारोबारसँगै कृषिमा रुपान्तरणकारी योजनाहरु अघि सार्दै पूर्वकै नमूनाका रुपमा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि। ले ‘एनएमसी एग्रो मिल’ सञ्चालनमा ल्याएको छ । मेचीनगर १४ दुहागढीमा निर्मित उक्त मिलको आज एक कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले औपचारिक उद्घाटन गरेका हुन् ।
मिलको ‘मेन स्वीच’ थिच्दै नगरप्रमुख बुढाथोकीले औपचारिक उद्घाटन गरे । मिलमा विशेष गरी उत्पादित तोरीलाई प्रशोधन गरी शुद्ध तोरीको तेल उत्पादन हुने संस्थाले जनाएको छ । पछिल्लो समय बजारमा शुद्ध तोरीको तेल आउन छोडेको र बजारमा पाइने तेलले आम उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याइरहेको परिस्थिति छ ।

जसलाई चिर्दै शुद्ध तोरीको तेल बजारमा पुर्याउने संस्थाको उद्देश्य रहेको छ । कार्यक्रममा मिल स्थापनाको उद्देश्य र संस्थाको अन्य गतिविधिका बारे जानकारी दिँदै संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाले अघि बढाइरहेको योजनामा अर्को नविन योजना थपिएको बताए ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
