मेचीनगर वडा स्तरीय फुटबलको उपाधी मेचीनगर ९ लाई
बडाखाल । मेचीनगर ९ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नव ज्योती निमाबिको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा मेचीनगर ११ लाई २-१ को गोल अन्तरले हराउदै फाइनलको उपाधी चुमेको हो । जितसङगै मेचीनगर ९ ले नगद ४० हजार ट्रफी र मेडल प्राप्त गर्यो भने उपबिजेता बनेको मेचीनगर ११ ले नगद २० हजारमा चित्त बुझाउनु पर्यो ।
जितका लागि मेचीनगर ९ का रन्जित लिम्बू र बासु तिम्सिनाले गोल गरेका थिए । यता ११ का प्रशु राइले सान्तवनाअ गोल गरे । खेलको म्यान अफ द म्याच बिजेता टिमका रन्जित लिम्बू भए ।
प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी मेचीनगर ११ का सुजन बर्देवा भए । बिजेता तथा उपबिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी मेचीनगरका नगर प्रमुख गोपाल चन्द्र बुढाथोकी, मेच्नगर १० का वडा अध्यक्ष नारायण खनाल, मेचीनगर १० का वडा सदस्य सोम ओझा, मेचीनगर ९ का वडा अध्यक्ष कन्चन तामाङ, ११ का वडा अध्यक्ष रुद्र डागी, मेचीनगर ३ का अध्यक्ष हर्क बस्नेत, वडा सद्स्य फुलमाया रोक्का, गिता नेपाल, फुटबल आयोजक समितिका सचिव राजकुमार रायालगायतले पुरस्कार बितरण गरेका थिए ।
१६ गतेबाट सन्चालन भएको प्रतियोगिताको समापन समारोहमा खेल सम्योजक खेम सावाको अध्यक्षता तथा सन्चालन देबु बानियाँले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
