राजन चिमरिया : जसले ‘विशेष दिन’लाई गरिब दुःखीको स्वास्थ्य सेवामा समर्पित गरे

मेचीनगर । सफल डेरी उद्योगी तथा समाजसेवी राजन चिमरियाले मेचीनगरका १५ विपन्न घर परिवारका निम्ति स्वास्थ्य विमा वापतको रकम सोमबार (आज) मेचीनगर स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य मापदण्ड अपनाएर नगरपालिका कार्यालय परिसरमा संक्षिप्त कार्यक्रम गरेर सो बराबरको रकम ५२ हजार ५ सय रुपैयाँ बुझाएका हुन् । समाजसेवी चिमरियाले नगर प्रमुख विमल आचार्यमार्फत स्वास्थ्य शाखा प्रमुख राम नारायण यादवलाई रकम हस्तान्तरण गरेका छन् ।
आफ्नो १८ औँ वैवाहिक वर्षगाँठ (बैशाख २७ गते) को अवसरमा रितिका डेरी उद्योगका सञ्चालक समेत रहेका चिमरियाले मेचीनगरका १५ विपन्न घर परिवारको पहिचान गरी उनीहरुको स्वास्थ्य विमा गरिदिने घोषणा गरेका थिए ।
चिमरियाले जो स्वास्थ्य बीमा गराउन नसकिरहेका परिवारका निम्ति सानो सहयोगको गरेको बताए । उनले आफ्नो विशेष दिनलाई समाजसँग जोडेर हितकारी काममा लगाएको र त्यसैलाई निरन्तरता दिने प्रयास गरेको बताए ।
सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गराएकाको उपचार निशुल्क गरिन्छ । बढीमा पाँच सदस्य परिवारको बीमा गराए वापत पाँच सदस्य बराबर ३ हजार ५ सय वार्षिक बुझाउनु पर्छ । उक्त रकम बुझाएवापत हरेक सदस्य बिरामी परे एक लाख बराबरको उपचार खर्च सरकारले व्यहोर्छ ।
समाजसेवी चिमरियाले स्वास्थ्य जोखिम बढिरहेकाले आफ्नो वैवाहिक वर्षगाँठ गरिबदुःखीको स्वास्थ्य सेवामा समर्पित गरेको बताए । ‘रकम अभावका कारण कैयौँले स्वास्थ्य उपचार पाउन सकेका छैनन्,’ उनले भने– ‘स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले अभियान सुरुवात गरेको हुँ ।’ उनले आउँदो कात्तिक १६ गते आफ्नो जन्मदिनको अवसरमा १५ घरपरिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा पनि गरेका छन् ।
चारआली–धाइजन निवासी चिमिरियाले २०६१ सालमा सुरुंगा निवासी गौरा मैनालीसँग विहे गरेका हुन् । विहे पश्चात हरेक वर्ष बैशाख २७ गते र आफ्नो जन्मदिन कात्तिक १६ गते यसरी नै सहयोग गर्दै आएका छन् ।
बीमा रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी चिमरियाकी श्रीमती गौरा मैनाली चिमरिया, नगर उपप्रमुख मीना उप्रेती, वडाध्यक्ष नगेन्द्र धिमाल, नविन बराल लगायतको उपस्थिति रहेको थियो ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...