सामुहिक अभियान साकोसले मृत्यु बिमा वापत दियो पाँच लाख पन्ध्र हजार

धाइजन । सामुहिक अभियान वचत तथा ऋण सहकारी संस्था मेचिनगर – १२ ले मृत्यु भएको सेयर सदस्य पवित्रा राईका पति प्रेम राईलाई पाँच लाख पन्ध्र हजारको चेक हस्तान्तरण गरेको छ । पवित्राले सामुहिक अभियान साकोसवाट पाँच लाखको ऋण लिएकी थिइन् । उनले लिएको पाँच लाख ऋण मिनाह गरिएको र काजक्रिया वापतको रकम प्रदान गरिएको साकोसका अध्यक्ष जगत भट्टराईले बताए ।पवित्रा राईले लिएको ऋण वापतको बिमा आइ एमइ लाईफ इन्सोरेन्स मार्फत गरिएको थियो ।
ऋण बिमा बापतको रकम पाँच लाख र काजकिरिया बापतको रकम पन्ध्र हजार गरी पाँच लाख पन्ध्र हजार रुपैयाँ पवित्राका श्रीमान प्रेम राईलाई आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको अध्यक्ष भट्टराईले बताए ।
संस्थाले हरेक ऋणी सदस्यको ऋण बराबरको रकम बिमा गर्दै आएको छ । चेक हस्तान्तरण कार्यक्रमको संचालन व्यवस्थापक भरत बरालले गरेका थिए । हरेक महिना उत्कृष्ट कार्य सम्पादन गरेबापत प्रदान गरिने मासिक उत्कृष्ट अवार्ड कर्मचारी सबिता भुर्तेललाई प्रदान गरिएको अध्यक्ष भट्टराईले बताए ।

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...