भोलिदेखी पाउ पाथीभरा मन्दिरमा शिव महापुराण

मेचीनगर । पाउ पाथीभरा मन्दिर मेचीनगर–१३ चारआलीमा शिव महापुराण एघार दिवसीय ज्ञान महायज्ञको आयोजना हुदैछ ।
भोलि आइतवारदेखी चैत २७ गते बुधबार सम्म शिव महापुराण एघार दिवसीय ज्ञान महायज्ञको आयोजन गरिएको हो ।
समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र विश्व शान्तिको कामनाका साथै धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उदेश्यका साथ ज्ञान महायज्ञको आयोजन गरिएको व्यवस्थापन समितिका संयोजक लोकराज ढकालले जानकारी दिए ।
समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र विश्व शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न साथै विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी, विपति आईनपरोस भन्नका लागि महायज्ञको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष तथा पुराण व्यवस्थापन समितिका संयोजक ढकालले जानकारी दिए ।
महायज्ञ सम्पन्न गर्न १ सय १ मुल आयोजक समिति गठन गरेको र विभिन्न १७ वटा उपसमिति निर्माण गरिएको छ । हरेक वर्ष पाउपाथीभरा मन्दिर परिषरमा ज्ञान महायज्ञ आयोजना हुने गरेको र यसकै निरन्तरता स्वरूप महायज्ञ आयोजना प्रचार–प्रसार समितिका संयोजक रेबत दाहालले बताए ।
महायज्ञ सम्पन्न गर्न करिब १० लाख रुपैयाँँ खर्च लाग्ने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष तथा पुराण व्यवस्थापन समितिका आर्थिक संयोजक लालबहादुर थेवे बताए । १७ गते आईतबार उद्घाटन हुने महापुराण कथा प्रवचन दैनिक विहान ११ बजेदेखि ३ बजेसम्म, नित्य पूजा विहान ७ बजेदेखि १० बजेसम्म एवं रात्री जागरण साँझ ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने र उक्त महायज्ञ सब्य अनि भब्य रुपमा सम्पन्न गर्न मुल आयोजक समिति सहित विभिन्न उपसमितिहरु यतिबेला लागिपरेका छ्न् ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...