लिङ्कन मन्टेश्वरी बिर्तामोडमा होली मिलन
बिर्तामोड । लिङ्कन मन्टेश्वरी स्कुल बिर्तामोड -३, झापा ले होली मिलन कार्यक्रम गरेको छ। आज विद्यालय प्राङ्गणमै लिङ्कनले साना बालबालिकाहरूसँग होली मिलन कार्यक्रम आयोजना गरेको हो।
बालबालिकाहरूलाई संस्कृतिसँग जोड्न र होली रङ्गहरूको पर्व हो भन्ने भावलाई बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका सञ्चालक सरोज पौडेल बताए । अभिभावक ,विद्यार्थी , शिक्षक, विद्यालय व्यवस्थापन समिति ,कर्मचारी लगायतको सहभागितामा होली मिलन कार्यक्रम आयोजना गरिएको हो।
बालबालिकालाई समय समयमा होलि अलवा दशैं तिहार छठ सहित अन्य पर्वहरूको बारेमा जानकारी गराउँदै विद्यालयमै कार्यक्रम आयोजना गर्ने गरेको छ।
बर्सेनी आउने चाडपर्वलाई एकआपसमा रङ दलेर भाइचारा साटासाट गर्ने पर्वको रुपमा लिने होलीको महत्व बुझाउन पनि कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

विद्यालयमा हाल पिजी नर्सरी एलकेजी युकेजी ५० जना विद्यार्थी रहेका छन्। २०७३ सालमा स्थापित विद्यालयमा कर्मचारी र शिक्षक गरेर आठ जना कार्यरत रहेका छन्। लिङ्कन बालमैत्री विद्यालय हो।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
