तीन देशका अनुसन्धानकर्ता बाहुनडाँगीमा
बाहुनडाँगी । तीन देशका अनुसन्धानकर्ता दुईदिने अध्ययान अवलोकनका लागि बाहुनडाँगी आएका छन् । नेपाल भारत र भुटानका अनुसन्धानकर्ताहरु दुईदिने अध्ययान अवलोकनका लागि मेचीनगर–४ बाहुनडाँगी आएका हुन् । वडा कार्यलयले एक कार्यक्रमको आयोना गरि उनिहरुलाई स्वागत गरेको छ ।

बाहुनडाँगीमा रहेको सोलर फिङसिङ, हात्ति छिर्ने नाका, किसानको घर–घर गएर राय, सुझाव लिएको वडाध्यक्ष अर्जनकुमार कार्कीले बताए ।
कार्यक्रममा किसान सुवर्ण खड्का, प्रधानाध्यापक भिम कुमार श्रेष्ठ, उमा राउत, देवी प्रशाद आचार्य, साना किसान सहकारी अध्यक्ष टुका देवी दाहाल, श्री गणेश मौलिक संगीत पाठशाला इन्द्र प्रधान कराते प्रशिक्षक सम्झना सारू, जीवन मोतेलगायतले धारणा राखेका थिए ।

इसिमोड नेपालको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो । भोली मंगलवार नगरप्रमुख गोपालचन्द्र वुढाथोकीसँग भेटघाट गर्ने कार्यक्रम रहेको वडाध्यक्ष कार्कीले बताए ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


