‘बाली बीमाको विकल्प छैन्’
बाहुनडाँगी । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले हात्ती पीडित क्षेत्रका जनताको सुरक्षा र जीवनस्तर सुधार्न बाली बीमाको विकल्प नभएको बताएका छन् ।
आज संघिय वन तथा वातावरण मन्त्रालय, युएनडीपी तथा उज्यालो नेपाल वर्दियाको सहयोगमा कृषि बीमा सम्बन्धी एकदिवसीय कायपत्र प्रस्तुत गरिएको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
‘हात्तीको आक्रमणबाट जनधनको क्षति रोक्न बाली बीमा आवश्यक छ’, नगरप्रमुख बुढाथोकीले भने–‘हात्ती आएको बेला घरबाट बाहिर ननिस्कीए वन्यजन्तुबाट हुने क्षति कम हुन्थ्यो ।’
उनका अनुसार हात्ती आउँदा भन्दा खेदाउँदा बढी क्षति भएको छ । हात्तीले किसानको बालीमा धेरै क्षति पुराएको छ । उचित क्षतिपूर्ति दिनु पर्छ ।
उनले भने–‘नागरिक जैविक विवीधता संरक्षण होइन नष्ट गर्न लागिरहेका छन् । भौतिक पूर्वाधारको विकासमा वातावरणको प्रभाव र प्रदुषणको ख्याल गरेको पाक्ष्दैन ।’

कार्यक्रममा वन तथा वातावरण मन्त्रालय अन्तरगतको जैविक विवीधता शाखाका संघिय अधिकृत ज्ञानेन्द्र कायास्थ, युएनडीपी र बायोफीनका कार्यक्रम संयोजक डा।विजेन्द्र वस्नेत, उज्यालो नेपालका बीमा विज्ञ घुरन ठकुरी, उज्यालो नेपालका जैविक विवीधता विज्ञ प्रकाशकुमार पौडेल लगायतले कृषि बीमा र जैविक विवीधता संरक्षण सम्बन्धी कायपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–५ का वडाध्यक्ष कनक कार्की, कार्यपालिका सदस्य तीलजा देवान, बाहुनडाँगीका राजनीतिक दलका प्रमुख, किसान, सञ्चारकर्मी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
