किरात याक्थुङ चुम्लुङ मेचीनगरको अध्यक्षमा बेघा
मेचीनगर । किरात याक्थुङ चुम्लुङ मेचीनगरको सातौं अधिवेशनले बिरुबहादुर बेघाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले बेघाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिले ७ सदस्य भने थप गर्न सक्ने जनाइएको छ ।
यसैगरी, समितिको उपाध्यक्षमा ओमप्रकाश खापुङ, सचिवमा राजेन्द्र इधिंगो, सह–सचिवमा भूमिका फियाक र कोषाध्यक्षमा टीकाप्रसाद इधिंगो लिम्बु चयन भएको जनाइएको छ । मेचीनगरका १५ वटै वडाबाट प्रतिनिधित्व रहने गरी सदस्य चयन गरिएको निर्वाचन समितिका संयोजक हस्त आङ्देम्बेले जानकारी दिए ।
जसअनुरुप सदस्यहरुमा रन्जित आङ्देम्बे, शुक्रराज इधिंगो, नरेन्द्रकुमार कुरुम्बाङ, किरण कन्दङ्वा, नरबहादुर साम्सुहाङ, अमर फोम्बो, नन्दुभाई मेन्याङ्बो, लोकबहादुर आङ्बो, कोपिला लावती, अरुणा जवेगु, झुमादेवी आङ्देम्बे, देशु वेघा बनेम, रीता केरुङ र मनकुमारी ९मनिषा० लिम्बु चयन भएको निर्वाचन समितिका संयोजक आङ्देम्बेद्वारा जारी गरिएको उम्मेदवारको अन्तिम नामावलीमा उल्लेख छ ।
फागुन १६ गतेदेखि सुरु भएको किरात याक्थुङ चुम्लुङ मेचीनगरको सातौं अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको नवनिर्वाचित अध्यक्ष बिरुबहादुर बेघाले जानकारी दिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
