कन्भेन्टमा खेलकुद सप्ताह सम्पन्न
मेचीनगर । कन्भेन्ट अंग्रेजी विद्यालयले वार्षिक खेलकुद सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर–१० धुलावारीमा रहेको कन्भेन्ट अंग्रेजी विद्यालयले वार्षिक खेलकुद सप्ताह कार्यक्रम सम्पन्न गरेको हो ।
फागुन २ गतेदेखी सुरु भएको वार्षिक खेलकुद सप्ताह कार्यक्रम फागुन ८ गते समापन भएको थियो ।खेलकुद सप्ताह अन्र्तगत जुनियर फुटबल तथा भलिबल प्रतियोगिता,रिले,स्लो साइकल रेस,बेलुन रेस, मार्बल स्पोन रेस,पज्जल रेस लगायतका प्रतियोगिताहरु भएका थिए ।
नोमा श्रेष्ठ र खुसी कार्कीले कार्यक्रमको सहजीकरण गरेका थिए । पृथ्वी कार्कीले खेलकुद सप्ताहको संयोजकको भुमिका निर्वाह गरेका थिए । स्कुलका संस्थापक प्रिन्सिपल तथा प्याव्सन मेचीनगरका अध्यक्ष विक्रम क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
