‘रिडर्स फेस्टिबल’ को आय-ब्याय सार्वजनिक

मेचीनगर । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले रिडर्स अभियान नेपालले गत मंसिर २७ गतेबाट तीन दिन आयोजना गरेको ‘रिडर्स फेस्टिबल’को आयब्याय सार्वजनिक गरेको छ ।
नेपालले मंगलबार इटाभट्टामा आयोजित पत्रकारसमक्ष तीन दिनसम्म सम्पन्न गरिएको ‘रिडर्स फेस्टिबल’को हिसाब सार्वजनिक गरेको हो ।
कार्यक्रममा विभिन्न संघ-संस्था, स्थानीय तहबाट ३ लाख ६९ हजार सात सय रुपैयाँ संकलन भएको र ५ लाख ७८ हजार ९ सय ७० रुपैयाँ खर्च भइ २ लाख ९ हजार २७० घाटा भएको संस्थाका कोषाध्यक्ष दिपक तिम्सिनाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
घाटा भएको रकमलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्ने संस्था र स्थानीय तहको सहयोगबाट ऋण फर्स्यौट गरिने अपेक्षा लिइएको समेत जानकारी दिइयो ।
रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा पत्रकारले राखेका जिज्ञासाप्रती संस्थाका उपाध्यक्ष भगिरथ राईलगायतले सहजीकरण गरेका थिए ।
सो क्रममा अध्यक्ष आचार्यले सुषुप्त भएको प्रतिभालाई साहित्य उत्सवले जागरण ल्याउने भएकाले बुधबारदेखि सूरु हुने साहित्य कला उत्सबलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन मदन अधिकारी गरेका थिए ।

बिर्तामोड । बत्तिस सालदेखि पत्रकारिता सुरु गरेका झापाका अग्रज...

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक...

मेचीनगर । राष्ट्रिय फोटो पत्रकार समूह झापा जिल्ला शाखा...

झापा, ९ साउन । धुलाबारी क्याम्पसको प्रमुखमा इन्जिनियर रुद्र...

मेचीनगर । १० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले...