घाइते पत्रकार सुरज प्रधानलाई प्रेस चौतारीको ३० हजार सहयोग
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले सवारी दुर्घटनामा घाइते भएका पत्रकार सुरज प्रधानलाई ३० हजार रुपैयाँ सहयोग गरेको छ ।
प्रेस चौतारीका सदस्यबाट संकलन भएको रकम घाइते पत्रकार प्रधानलाई प्रदान गरिएको हो । प्रधानको उपचारमा सहयोग पुग्ने गरी ३० हजार एकसय २० रुपैयाँ हस्तान्तरण गरिएको प्रेस चौतारी झापाकी उपाध्यक्ष सुनिरा मैनालीले बताइ्न ।
प्रधानको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । प्रधानलाई सहयोग रकम हस्तान्तरण गर्न प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यद्वय भीमा सिवाकोटी र गोपाल काफले, पत्रकार महासंघ झापाका सहसचिव रमेश तिवारी हस्पिटल पुगेका थिए।
पत्रकार प्रधानलाई बुद्धशान्ति प्रेस क्लव र अर्जुनधारा प्रेस क्लवले क्रमश आठ हजार पाँच सय र १८ हजार छ सय रुपैयाँ उपचार सहयोग गरेका छन् । बुद्धशान्ति क्लवका तर्फबाट अध्यक्ष तीर्थ तिम्सिना र अर्जुनधारा प्रेस क्लबका तर्फबाट उपाध्यक्ष प्रेम आचार्यले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
