बालापनको उमेर–२ : आन्भी र आयंकाको उत्कृष्ट अभिनय

झापा । सुरक्षा बाठा मगरको स्वरमा रहेको नयाँ गीत ‘बालापनको उमेर २’ सार्वजनिक भएको छ। बसन्त सापकोटाको शब्द र संगीत रहेको यो गीत २०१८ मा रिलिज भएको गीत ‘बालापनको उमेर’ को दोश्रो भर्सन हो।
उक्त समयमा यो गीत गायिका समिक्षा अधिकारीले गाएकी थिइन् । यो गीतले समिक्षाको करियरमा नयाँ मोड ल्याएको थियो।
बालापनको उमेर २ मा बाल कलाकारहरु आन्भी ओली र आयंका कार्की छन् भने उनिहरुलाई अभिनेत्री प्रियंका कार्कीले साथ दिएकी छिन्। आन्भी गायक तथा निर्माता सरोज ओलीकी छोरी हुन्। यो उनको पहिलो म्युजिक भिडियो हो। प्रियंकाकी छोरी आयंकाको पनि यो पहिलो म्युजिक भिडियो हो। मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेती र सुनिल भण्डारीले खिचेका छन् । भिडियोमा भुपेन्द्र अधिकारी र मनोज कार्कीको सम्पादन रहेको छ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...