एभरेष्ट भ्यू इङ्लिस बोर्डिङ : म्याराथुन प्रतियोगिताको सम्पन्न
मेचीनगर । एभरेष्ट भ्यू इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । आज म्याराथुन प्रतियोगिताको सम्पन्न भएको हो ।
स्थानीय धार्मिक पर्यटकीय क्षेत्र पातालगंगाबाट स्कुलको प्राङ्गण मेचीनगर–८ सम्म २.५ कि.मी को म्याराथुन प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । म्याराथुन प्रतियोगितामा २५० विद्यार्थीले सहभागिता जनाएका थिए ।
म्याराथुन प्रतियोगितामा भाग लिनका लागि ३ समुहमा विभाजन गरिएको छ । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुका लागि समुह ‘क’, कक्षा ६ देखि १० सम्मका छात्राहरुका लागि समुह ‘ख’ र कक्षा ६ देखि ७ सम्मका छात्रहरुका लागि ‘ख’ र अन्य सबै विद्यार्थीहरुका लागि समुह ‘ग’ निर्धारण गरिएको थियो ।

म्याराथुन प्रतियोगितामा समुह ‘क’ छात्रा तर्फ नेहा डागी प्रथम, कृपा राई दोस्रो, र निस्था दाहलले तेस्रो, समुह ‘क’ छात्र तर्फ प्रितम तिम्सिना प्रथम, देव राजबंसी दोस्रो र बिबेक डाँगी तेस्रो, समुह ‘ख’ छात्रा तर्फ निकिता चौधरी प्रथम, गरिमा कार्की दोस्रो, एलिसा कार्की तेस्रो, समुह ‘ख’ छात्र तर्फ अनुज राजबंसी प्रथम, सफल राई दोस्रो, सौगत पोखरेल तेस्रो, समुह ‘ग’ छात्रा तर्फ रितिका गौतम प्रथम, सोनिया लिम्बु दोस्रो, दिया राई तेस्रा समुह ‘ग’ छात्र आयुस राजबसी प्रथम, कृष्ण राजबंसी दोस्रो र रोहित लामिछाने तेस्रो समुह ‘घ’ छात्रा निरजला दाहल प्रथम, सुमेको बुढाथोकी दोस्रो र यमुना राजबंसी तेस्रा समुह ‘घ’ छात्र आर्यन कटुवाल प्रथम, मनदेव राज्बन्शी दोस्रो र रिदम गौतम तेस्रा भएका विद्यालयले जनाएको छ ।
विद्यालयको वार्षिक कार्यक्रम अन्र्तगत म्याराथुन प्रतियोगिता आयोजना गरिएको हो । विद्यालयले प्रत्येक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै आएको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
