एभरेष्ट भ्युले म्याराथुन आयोजना गर्ने
मेचीनगर । एभरेष्ट भ्यू इङ्लिस बोर्डिङ स्कुलले म्याराथुन प्रतियोगिताको आयोजना गर्ने भएको छ । फाल्गुण ६ गते म्याराथुन प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
स्थानीय धार्मिक पर्यटकीय क्षेत्र पातालगंगाबाट स्कुलको प्राङ्गण मेचीनगर–८ सम्म २.५ कि.मी को म्याराथुन प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । म्याराथुन प्रतियोगितामा २५० विद्यार्थीले सहभागिता जनाउने छन् ।
म्याराथुन प्रतियोगितामा भाग लिनका लागि ३ समुहमा विभाजन गरिएको छ । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुका लागि समुह ‘क’, कक्षा ६ देखि १० सम्मका छात्राहरुका लागि समुह ‘ख’ र कक्षा ६ देखि ७ सम्मका छात्रहरुका लागि ‘ख’ र अन्य सबै विद्यार्थीहरुका लागि समुह ‘ग’ निर्धारण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको वार्षिक कार्यक्रम अन्र्तगत म्याराथुन प्रतियोगिता आयोजना गरिएको हो । विद्यालयले प्रत्येक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै आएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



