एमाले मेचीनगर : जरा अभियानलाई सशक्त बनाउन प्रतिवद्ध
मेचीनगर । नेकपा एमालेको केन्द्रिय निति अनुसार देशैभर तीन महिने जरा अभियान अगाडी बढाएको छ । पार्टीको जरा अभियानलाई सशक्त बनाउन एमाले मेचीनगर कमिटि तातेको छ । पार्टीको जरा अभियानलाई सशक्त बनाउन एमालेको केन्द्र, प्रदेश र जिल्लामा रहेका मेचीनगरका १९ जना नेताहरु परिचालित भएका छन् ।
नेकपा एमाले जिल्ला पार्टी कार्यालय झापाले पठाएको सर्कुलर अनुसार मेचीनगरको भूगोलमा रहेर काम गरिरहेका १९ जना नेताहरुको अगुवाईमा जरा अभियानलाई सशक्त बनाउन परिचालित भएका हुन् ।
मेचीनगरको १५ वटै वडामा खटिने गरी नेताहरुलाई जिम्मेवारी दिइएको छ । जसमा मेचीनगर–१ नम्बर वडामा संगीता थापा, वडा नं.२ मा रेणुका डाँगी, ३ नं. वडामा पर्शुराम राजबंशी र चन्द्र प्रसाई, ४ मा श्रीप्रसाद मैनाली, ५ मा डिल्लीराम घिमिरे र रामचन्द्र उप्रेती, ६ मा देवकुमार राई, ७ मा लक्ष्मीप्रसाद उप्रेती र भुपाल शिवाकोटी रहेका छन् ।
त्यस्तै वडा नं. ८ मा विष्णु प्रसाई, ९ मा हरिदास ढुंगाना, १० नं. वडामा यमकान्त बराल, ११ मा हरिचरण बानियाँ, १२ मा कृष्ण कनाल, १३ मा भीम खवास १४ मा निर्मला परियार र १५ नम्बर वडामा निलकण्ठ तिवारी र ह्दय राजबंशीले जिम्मेवारी पाएका छन् ।
आगामी चैत मसान्तसम्म सञ्चालन हुने अभियानमा ०८४ सालको मिसनलाई समेत सफल बनाउने गरी तयारी गरिएको मेचीनगर अध्यक्ष राजु कार्कीले बताए ।
पार्टीको सुदृढिकरण तथा सुद्विकरण, नयाँ सदस्य बढाउने, पार्टी विरुद्धका गतिविधिहरु, सामाजिक सञ्जाल ९फेसबुक० मा भ्रम फैलाउने, गलत प्रचारको भण्डाफोर गर्ने लगायतका सामाजिक रुपान्तरणसँग जोडिएका सबै विषयमा गहन छलफल र बहस गरी अभियान उपलब्धीमुलक बनाउने कार्कीको भनाई छ ।
त्यस्तै पार्टीको १० औँ महाधिवेशनले निर्णय गरेका केहि नीतिगत कार्यक्रमहरु पनि गर्ने योजना रहेको छ । युवाहरु लक्षित कार्यक्रमहरुमा लेखन क्षमता, सांस्कृतिक तथा गीत संगीत, लागूऔषध, साहित्य, कृषि, उद्यमशीलता लगायत रहेका छन् ।
यसैबीच नगर कमिटीले भातृ संगठनहरुले गरेका कार्यक्रमहरुको मुल्याङ्कनका आधारमा सम्मान समेत गरेको छ । आइतबार नगर कमिटीको तेस्रो पूर्ण वैठकमा उपसचिव राजु धिमालले प्रस्तुत गरेको प्रतिवेदनमा सबै भन्दा सक्रियरुपमा काम गरेको भन्दै अखिल नेपाल महिला संघ ९अनेमसंघ० मेचीनगरलाई पहिलो नम्बरमा राखेर सम्मान गरेको छ । अनेमसंघ मेचीनगर अध्यक्ष हेमा सिटौलालेले उक्त सम्मान ग्रहण गरेकी थिइन् ।
वैठकमा जनसंगठनको प्रतिवेदन उपसचिव धिमालले, कार्यविभाजनको प्रतिवेदन उपाध्यक्ष कञ्चनकुमार तामाङ र संगठनको प्रतिवेदन सचिव सागर ओलीले प्रस्तुत गरेका थिए ।
वैठकमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवम् झापा इन्चार्ज रोमनाथ ओली, केन्द्रीय सदस्य रविन कोइराला, राष्ट्रिय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाई लगायतले अभियान सफल पार्न सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
वैठकमा केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, कोशी प्रदेश सदस्य गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, नेताहरु हरिचरण बानियाँ, भीम खवास, देवकुमार राई, जिल्ला कमिटि सदस्य राजु पोख्रेल लगायत जिल्ला, क्षेत्र तथा वडाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नगर कमिटी अध्यक्ष राजु कार्कीको अध्यक्षतामा सम्पन्न पूर्ण वैठकको स्वागत उपसचिव जानुका ओली र सञ्चालन सचिव सागर ओलीले गरेका थिए ।
‘जरा अभियान’मा एमालेले गरिरहेका १२ काम
आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन–८४’ भनिरहेको नेकपा एमाले यतिबेला वडाकेन्द्रित अभियानमा जुटेको छ । उक्त अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ । २०७९ मंसिरको चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन–०८४ अभियान थालेको थियो ।
सुरुमा एमालेले दुई महिने मिसन ग्रासरुट अभियान चलाएको थियो । सम्पूर्ण पार्टी पंक्ति परिचालन गरी २०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गरेको थियो ।
उक्त मिसन ग्रासरुट अभियानको समीक्षाका आधारमा एक वर्षे सुदृढीकरण कार्यक्रम सञ्चालन ग¥यो । २०८० सालभर सञ्चालित एक वर्षे अभियान अन्तर्गत एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीय संकल्प अभियान चलायो । यही अवधिमा प्रदेश, जिल्ला र जनसंगठनहरूको अधिवेशन गरी नेतृत्व परिवर्तन गरेको थियो ।
अहिले वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ । यो अभियान आगामी १५ वैशाखसम्म सकिने छ ।
विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड–३ स्थित...
मेचीनगर । नेकपा एमालेको केन्द्रिय निति अनुसार देशैभर...
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम...
भद्रपुर । दोस्रो संस्करणको सौर्य एअर ओम साई...
बिर्तामोड । एनप्याब्सन झापाको जिल्लास्तरीय फुटबल प्रतियोगिता झापाको...
विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३...
मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगरको बहुचर्चित...