लिङ्कन मोन्टेश्वरी : सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना
विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३ स्थित लिङ्कन मोन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना अभियान संचालन गर्ने भएको छ । माघ २१ गते सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । उनले त्यस अवसरमा आफ्ना नानीबाबुहरुलाई अक्षराम्भ गराउँदै निःशुल्क भर्नाको मौका लिन अभिभावकहरुलाई आग्रह गरेका छन् । यो सुविधा माघको तेस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्म रहने विद्यालयले जनाएको छ ।
त्यस मोन्टेश्वरीमा पीजीदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका विधामा अनुभवी विधागत शिक्षकहरुले अध्यापन गराउने गरेको संचालक सरोज पौडेलले बताए ।
उनले प्रत्येक महिना अभिभावकसंग चियागफ कार्यक्रम संचालन गर्दै अभिभावकको कुरा सुन्ने र गुणस्तरका बिषयमा छलफलका साथ बाल मैत्री बाताबरण निर्माण गर्दै आएको जानकारी दिए । खेलमैदान , बाल उद्यान , विभिन्न प्रकारका खेलौनाको सुविधा रहेको विद्यालयमा विद्यार्थीहरु चाडपर्वमा समेत घर नगई रमाउने गरेको पौडेलको भनाई छ ।
सुनौलो १ हजार दिन बालबालिकाको उमेर समूह महत्त्वपूर्ण हुन्छ त्यसले उनीहरुको मनोबैज्ञान लाई आत्म बल प्रदान गर्न विभिन्न कार्यक्रममा उच्च पदर्थ ब्यक्ति मन्त्री ,सांसद ,मेयर,वडाध्यक्ष संग बालबालिका राख्ने र उत्प्रेरणा दिने गरिएको छ । बालबालिकाको गुणस्तरीय शिक्षा लाई प्रभाबकारी बनाउन शिक्षक लाई मन्टेश्वरी तालिम दिदै रचनात्मक बनाउने गरिएको छ ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
