लिङ्कन मोन्टेश्वरी : सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना

विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३ स्थित लिङ्कन मोन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना अभियान संचालन गर्ने भएको छ । माघ २१ गते सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । उनले त्यस अवसरमा आफ्ना नानीबाबुहरुलाई अक्षराम्भ गराउँदै निःशुल्क भर्नाको मौका लिन अभिभावकहरुलाई आग्रह गरेका छन् । यो सुविधा माघको तेस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्म रहने विद्यालयले जनाएको छ ।
त्यस मोन्टेश्वरीमा पीजीदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका विधामा अनुभवी विधागत शिक्षकहरुले अध्यापन गराउने गरेको संचालक सरोज पौडेलले बताए ।
उनले प्रत्येक महिना अभिभावकसंग चियागफ कार्यक्रम संचालन गर्दै अभिभावकको कुरा सुन्ने र गुणस्तरका बिषयमा छलफलका साथ बाल मैत्री बाताबरण निर्माण गर्दै आएको जानकारी दिए । खेलमैदान , बाल उद्यान , विभिन्न प्रकारका खेलौनाको सुविधा रहेको विद्यालयमा विद्यार्थीहरु चाडपर्वमा समेत घर नगई रमाउने गरेको पौडेलको भनाई छ ।
सुनौलो १ हजार दिन बालबालिकाको उमेर समूह महत्त्वपूर्ण हुन्छ त्यसले उनीहरुको मनोबैज्ञान लाई आत्म बल प्रदान गर्न विभिन्न कार्यक्रममा उच्च पदर्थ ब्यक्ति मन्त्री ,सांसद ,मेयर,वडाध्यक्ष संग बालबालिका राख्ने र उत्प्रेरणा दिने गरिएको छ । बालबालिकाको गुणस्तरीय शिक्षा लाई प्रभाबकारी बनाउन शिक्षक लाई मन्टेश्वरी तालिम दिदै रचनात्मक बनाउने गरिएको छ ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...