प्रेस चौतारी झापाको जिल्ला अधिवेशन माघ २२ गते

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन आगामी माघ २२ गते गर्ने निर्णय भएको छ । आज बिर्तामोडस्थित चौतारीको कार्यालयमा सम्पन्न बैठकले अधिवेशनको मिति तय गरेको हो ।
शिवसताक्षी नगरपालिका वडा नं। १० को पर्यटकीय क्षेत्र दोमुखामा जिल्ला अधिवेशन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष मनकुमार गदालले जानकारी दिए।
बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति बनाएको छ । अधिवेशनका लागि सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष गदालले बताए ।
सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गर्न संगठनका सचिव प्रकाश पौडेलको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाइएको छ । सदस्यता नविकरणका लागि पुस मसान्तको समय अवधि तोकिएको छ ।
यस्तै, जिल्ला अध्यक्ष गदालको संयोजकत्वमा ९ सदस्यीय आर्थिक समिति, पत्रकारिता पुरस्कार कोष र पत्रकार उपचार सहयोग कोषको कार्यविधि संशोधन गर्न संगठनका केन्द्रीय सदस्य झापा जिल्ला इञ्चार्ज सन्तोष आचार्यको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...