दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्षमा सन्तोष मेचे
मेचीनगर । दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्षमा सन्तोष मेचे निर्वाचित भएका छन् । संस्थाको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट ४ वर्षका लागि अध्यक्षमा मेचे सर्वसम्मत चयन भएका हुन् । मेचीनगर–८ का निवर्तमान वडा सदस्य समेत रहेका नवनिर्वाचित अध्यक्ष मेचे सफल युवा व्यवसायी पनि हुन् ।
मेचीनगर–८ स्थित संस्थाको सभाहलमा सम्पन्न अधिवेशनबाट १३ सदस्यीय समिति चयन भएको थियो । संस्थाको उपाध्यक्षमा लक्ष्मी मेचे, सचिवमा रेवन्तराज पोख्रेल तथा सदस्यहरु सरिता बुढाथोकी, सरिता श्रेष्ठ, सुमित्रा पौडेल दाहाल, चन्द्रमाया ढकाल अधिकारी, तिलकुमारी अधिकारी, अम्बिका अधिकारी, नन्दुप्रसाद पोखरेल, सन्जय राजवंशी, लेखराम बातर र रेवती न्यौपाने रहेका छन् ।
संस्थाका अध्यक्ष खिला मेचेको सभापतित्वमा भएको कार्यक्रममा मेचीनगर नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष तथा सहकारी समन्वय परिषद मेचीनगरका संयोजक विपी भट्टराई, मेचीनगर–८ का वडा अध्यक्ष गिररीराज धमला, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाका कर्मचारी रिजन पौडेल, श्री बिन्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडियालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लेखा समिति सदस्य तिलकुमारी अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रेवन्तराज पोखरेलले गरेका थिए । २०६५ साल पुस ८ गते ३४ जना सदस्यबाट २० हजारबाट स्थापना भएको संस्थाले ६ करोड १९ लाख ४७ हजार ४ सय ४८ रुपैयाँको वासलात तयार गरेको छ ।
६१ लाख २० हजार ५ सय रुपैयाँको शेयर पूँजी रहेको संस्थाले ४ करोड ५२ लाख ११ हजार ४ सय ५३ रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ करोड ९६ लाख ८२ हजार ५ सय ३ रुपैयाँ सदस्यलाई कर्जा प्रवाह गरेको छ । ग्रामीण क्षेत्रमा क्रियाशिल दुर्गेश्वरी संस्थाको ३४ हजार ६ सय ५३ रुपैयाँ नाफा रहेको छ । संस्थाले सदस्यहरुलाई रेमिट्यान्स सेवा पनि दिइरहेको संस्थाका व्यवस्थापक गंगाप्रसाद मेचेले जानकारी दिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
