‘कृष्णथुम्की विकास समितिमा अनियमितता छैन’
मेचीनगर । ऐतिहासिक पर्यटकीय तथा धार्मिक तीर्थ स्थलको रुपमा विश्वभरी नै परिचित कृष्णथुम्की विकास समितिले मन्दिरको मर्मत कार्यमा विवाद आएपछि हिसावका बारेमा प्रष्ट पारेको छ ।
संघिय सरकारको शहरी विकास मन्त्रालय मार्फत संघन शहरी तथा भवन निर्माण आयोजना झापाले मेचीनगर नगरपालिका वडा नं।१ मा रहेको कृष्णथुम्की मन्दिर तथा परिसर मर्मतका लागि २८ लाख बढीको बजेट आएको थियो ।
आयोजनासँग कृष्णथुम्की विकास समितिले २०८१ बैशाख १४ गते मन्दिर मर्मतका लागि सम्झौता गरेको थियो ।
कृष्णथुम्की विकास समितिका अध्यक्ष हिम्मत क्षेत्रीले मन्दिर तथा परिसर थप निर्माणका लागि स्टेमेट अनुसार आयोजनाबाट २८ लाख ५ हजार १९७ रुपैयाँ स्वीकृत भएको जानकारी दिए ।
उनका अनुसार मन्दिर तथा परिसर निर्माणमा ३० लाख ३९ हजार १८० रुपैयाँ खर्च भएको छ । आयोजनाबाट २८ लाख ५ हजार १९७ रुपैयाँ स्वीकृत भए पनि त्यसमध्ये २० प्रतिशत लागत सहभागिता, ५ प्रतिशत धरौटी र शुन्य दशमलव ५ प्रतिशत कन्टिजेन्सी कट्टि हुँदा २० लाख ८९ हजार ८७२ रुपैयाँ मात्र उपलब्ध भएको उनको भनाई छ ।
क्षेत्रीका अनुसार २५ दशमलव ५ प्रतिशत हुन आउँने ७ लाख १५ हजार ३२५ रुपैयाँ कम भएको र समितिको २ लाख ३४ हजार ६२६ रुपैयाँ रकम थप खर्च भएको छ ।
समितिका सचिव डिगेन्द्रकुमार थापाले मन्दिरको छानाको छेउको झेयालमा एल्मुनियम सिसा जडानमा ७० हजार, पुरानो भवन भत्काई राधा कृष्ण, देविथानसहित नयाँ निर्माणमा ८ लाख २० हजार १०९, साकेलाथान प्राङ्गण निर्माण १५ लाख ७ हजार ५३०, चौतारी भवनको उत्तर पूर्व टायल्समा ९ हजार ९८०, गुम्बाको प्राङ्गण ढलाई १० हजार ४९६, मन्दिरको छानामा पित्तलमा १५ लाख ६२ हजार २९५, मन्दिर रंगरोगनमा ८३ हजार ९४५, पार्कमा ब्लक र टायल्स लगाउँदा २ लाख १ हजार ८०० र अन्य विविध कार्यमा ३ हजार ३२५ रुपैयाँ खर्च भएको बताए ।
अध्यक्ष क्षेत्रीले मन्दिरको निर्माण सम्पन्न गर्न समितिको ९ लाख ४९ हजार ९५१ रुपैयाँ खर्च भएको बताए ।
ऋणमा रहेको उक्त रकम मध्ये आयोजनाबाट फिर्ता हुने ५ प्रतिशत धरौटी बापतको १ लाख ४० हजार, केशी प्रदेश सरकारको पर्यटन कार्यालयमा भएको धरौटी बापतको १ लाख ५० हजार, मेचीनगर नगरपालिका कार्यालयबाट १ लाख, वडा नम्बर १ बाट १ लाख, समाजसेवी ईन्द्रबहादुर चौहानबाट ७० हजार र विभिन्न दाताबाट ३ लाख ९० हजार रुपैयाँ उठ्न बाँकी रहेको उनले बताए ।
२०८१ असार २७ गते सम्पन्न निर्माण कार्यको हिसाव समितिले भेला गरेर गत मंसिर १५ गते सार्वजनिक गरिसकेको थियो ।
त्यसबेला हिसाब किताब सार्वजनिक गर्ने क्रममा स्थानीयले विनियोजित बजेट भन्दा धेरै रकम खर्चमा आपत्ति गरेका थिए । ९ लाख ४९ हजार ९५१ रुपैयाँ घाटा भएको विवरणप्रति समितिलाई स्थानीयले अनियमितताको आशंका गरेर छानविनको माग गरेका थिए ।
समितिले आज ९सोमबार० विहान मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर हिसाव कितावका बारेमा स्पष्ट पारेको हो ।
संघिय सरकारको शहरी विकास मन्त्रालयबाट उक्त बजेट ल्याउन झापा क्षेत्र नं।१ का सांसद एवम् नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहयोग गरेको अध्यक्ष क्षेत्रीले बताए ।
मेचीनगर । दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्षमा सन्तोष...
काँकडभिट्टा । स्थलमार्ग हुँदै पूर्वी नाका काँकरभिट्टाबाट नेपाल...
बिर्तामोड । अवस्थित लिङ्कन मन्टेश्वरी स्कुल बिर्तामोडमा नि...
मेचीनगर । हाम्रो नेपाल साकोसको इकाइगत साधारणसभा मंगलबारबाट...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२...
मेचीनगर । व्यवसायिक रुपमा पर्यटन प्रर्वदर्नको विकासमा फड्को मार्दै...