मेचीनगर : राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता सुरू
मेचीनगर । मेचीनगर नगरपालिकामा आजदेखि पाचौँ मेचीनगर स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
मेचीनगर—२ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरिन् ।
मेचीनगर नगरपालिकाको आयोजना जिल्ला खेलकुद विकास समिति झापाको संयोजन र मेची जनसाधारण माध्यमिक विद्यालय मेचीनगर—२ को व्यवस्थापनमा सुरु यो चौधौं झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड छनौट खेलकुद प्रतियोगिता समेत हो ।
राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन मेचीनगर नगरपालिकाले उल्लेखीय भूमिका खेलेको उपप्रमुख उप्रेतीको बताइन् ।
नगरभित्रको खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्याउने र स्थानीय मेचीनगरका विभिन्न विधाका खेलाडीहरुलाई खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने उद्देश्यले रहेको उनको भनाई छ ।
अहिले नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा भईरहेको छ । प्रतियोगितालाई व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्दै सफल तुल्याउनका लागि प्राविधिक–प्रशिक्षकहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।
नगर स्तरीय छनोट प्रतियोगिता सम्पन्न भइसकेपछि प्रतियोगिताबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने अनि प्रदेशहुँदै केन्द्रमा समेत उनीहरले सहभागी जनाउने छन् ।
मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीको अध्यक्षतामा भएको सुरु प्रतियोगितामा छात्रा छात्रातर्फको भलिबल, कबड्डी, एथलेटिक्सतर्फ दौड ट्रयाक, उफ्रने र फ्याक्ने फिल्ड, मार्शल आर्टतर्फ कराते, तेक्वान्दो, उसुतर्फ थाओलु र सान्सौंलगायतका खेलका विधा समावेश गरिएको छ । प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको मेची जनसाधारण माध्यमिक विद्यालय मेचीनगर—२ का प्रधानध्यापक चन्द्रशेखर गुरागाईँले जानकारी दिए ।
मेचीनगरभित्रका ५० वटा विद्यालय सहभागि रहेका छन् । प्रतियोगिताबाट विभिन्न विधाका कुल एकसय १० विद्यार्थी छनौट हुने अनि जिल्लाहुदैं प्रदेश र केन्द्रमा हुने प्रतियोगितामा सहभागिता जनाउने छन् ।
पौष ५ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटनसत्रमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक बराल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, पेब्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्री, निवर्तमान अध्यक्ष डम्बर रूचाल, विभिन्न विद्यालयका प्रधानध्यापकलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा विद्यार्थीसंगै खेल शिक्षक, शैक्षिक संघ संगठनका प्रतिनिधि, राजनीति दल, विभिन्न सरकारी तथा गैर सरकारी संघ संगठनका प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सहभागीता रहेको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
