नेपाली सेनाको इम्प्यानल प्रतियोगिता : इस्ट होराइजन प्रथम
धुलाबारी । अध्ययनसँगै अतिरिक्त क्रियाकलापका अब्बल रहेको धुलाबारीको इस्ट होराइजन अंग्रजी मावि नेपाली सेनाको इम्प्यानल प्रतियोगिताको अधिकांश कार्यक्रममा प्रथम भएको छ । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले आयोजना गरेको इम्प्यानल विद्यालय खेलकुद प्रतियोगिता २०८१ मा इस्ट होराइजनले उत्कृष्ट नतिजासहित प्रथम स्थान हाँसिल गरेको हो ।
खेल संयोजक सेनानी नरेन्द्रप्रसाद खतिवडाका अनुसार ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा झापाका पाँचवटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमअन्तर्गत इम्प्यानल खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलाप प्रतियोगितामा इस्ट होराइजन च्याम्पियन बन्यो ।

त्यस्तै, हाजिरीजवाफमा विद्यालयका प्रयास ढकाल र प्रश्ना कार्की, चित्रकलामा विनय राजवंशी प्रथम भए । भाषणकलामा शुभेक्षा कार्की दोस्रो र कविता प्रस्तुतिमा सनक्षा कार्की तेस्रो भए । फुटबलमा टावर टेम्पल स्कुल बिर्तामोड र छात्र तथा छात्रा भलिबलमा स्वस्तिका शिशु सदन अर्जुनधारा प्रथम भएका थिए ।
इस्ट होराइजन फुटबल र भलिबलमा उपविजेता बन्यो । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले पुरस्कार ग्रहण गरेका थिए । कार्यक्रममा नम्बर २१ बाहिनीका सहायक रथी युवधिर मानसिंह अधिकारी, गणका प्रमुख सेनानी गणपति प्राजु बस्न्यातलगायतले पुरस्कार वितरण गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
