नेपाली सेनाको इम्प्यानल प्रतियोगिता : इस्ट होराइजन प्रथम
धुलाबारी । अध्ययनसँगै अतिरिक्त क्रियाकलापका अब्बल रहेको धुलाबारीको इस्ट होराइजन अंग्रजी मावि नेपाली सेनाको इम्प्यानल प्रतियोगिताको अधिकांश कार्यक्रममा प्रथम भएको छ । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले आयोजना गरेको इम्प्यानल विद्यालय खेलकुद प्रतियोगिता २०८१ मा इस्ट होराइजनले उत्कृष्ट नतिजासहित प्रथम स्थान हाँसिल गरेको हो ।
खेल संयोजक सेनानी नरेन्द्रप्रसाद खतिवडाका अनुसार ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा झापाका पाँचवटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमअन्तर्गत इम्प्यानल खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलाप प्रतियोगितामा इस्ट होराइजन च्याम्पियन बन्यो ।

त्यस्तै, हाजिरीजवाफमा विद्यालयका प्रयास ढकाल र प्रश्ना कार्की, चित्रकलामा विनय राजवंशी प्रथम भए । भाषणकलामा शुभेक्षा कार्की दोस्रो र कविता प्रस्तुतिमा सनक्षा कार्की तेस्रो भए । फुटबलमा टावर टेम्पल स्कुल बिर्तामोड र छात्र तथा छात्रा भलिबलमा स्वस्तिका शिशु सदन अर्जुनधारा प्रथम भएका थिए ।
इस्ट होराइजन फुटबल र भलिबलमा उपविजेता बन्यो । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले पुरस्कार ग्रहण गरेका थिए । कार्यक्रममा नम्बर २१ बाहिनीका सहायक रथी युवधिर मानसिंह अधिकारी, गणका प्रमुख सेनानी गणपति प्राजु बस्न्यातलगायतले पुरस्कार वितरण गरेका थिए ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

