पूर्वमेयर शिवाकोटीलाई थप सात दिन हिरासतमा राख्न अनुमति

झापा । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई पटक पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप सात दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।
पाँच दिनको म्याद सकिएर आज थप म्यादका लागि शिवाकोटीलाई प्रहरीले जिल्ला अदालत लगेको थियो । प्रहरीले अनुसन्धान नसकिएको बताउँदै थप म्याद मागेपछि आज सात दिनको म्याद थप गरिएको जिल्ला अदालतका स्रेस्तेदार किरण सिंहले बताए ।
यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न पहिलो पटक चार र त्यसपछि पाँच गरी ९ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडले शिवाकोटीलाई गत मंसिर २५ गते पक्राउ गरेको हो ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...