पाउ पाथिभराको अध्यक्षमा लोकराज ढकाल

बिर्तामोड । झापाको चारआलीमा रहेको पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल निर्वाचित भएका छन् । आज भएको मनोनयन दर्तामा अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक टेकनाथ उप्रेतीले जनाएका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापित तथा अग्रज पत्रकार ढकालको नेतृत्वमा १४ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा यमनाथ बराल, महिला उपाध्यक्षमा पुष्पा बोखिम, सचिवमा नवराज भट्टराई, सहसचिवमा डिल्लीराम अधिकारी र कोषाध्यक्षमा लालबहादुर थेवे निर्वाचित भएका छन् ।
त्यस्तै, महिला सदस्यमा गणेशकुमारी न्यौपाने, मुना श्रेष्ठ र दुर्गा भूजेल तथा खुला सदस्यमा प्रेमप्रसाद भट्टराई, रमेश भट्टराई, संगीत शिवाकोटी, रेवतकुमार दाहाल र बोलप्रसाद कोइराला निर्वाचित भएका छन् ।

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...