प्रधानमन्त्री ओली आइतवार झापा आउने
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि आइतवार झापा आउने भएका छन् । जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउने तयारी भएको हो ।
मंसिर २३ र २४ गते झापामा आयोजना हुने कार्यक्रमहरुमा आउने प्रधानमन्त्री ओलीलाई जिल्लामा भव्य स्वागतको तयारी गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिए । उनका अनुसार जिल्लामा मुख्य कार्यक्रम दमक विजनेश टावरको उद्घाटन रहेको छ । जिल्लामा दमक विजनेश टावरको कार्यक्रमलाई भव्य र अन्य सबै कार्यक्रमहरुलाई सभ्य रुपमा सम्पन्न गर्न पार्टीको तर्फबाट आवश्यक तयारी पुरा भएको अध्यक्ष गिरीको भनाई छ ।
असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भए पछि ओली पहिलो पटक झापा आउन लागेका हुन् । झापा भ्रमणमा आउने अध्यक्ष ओलीलाई भव्य रुपमा स्वागत गर्दै हरेक कार्यक्रमहरुमा पार्टी कार्यकर्ताहरुको उपस्थिति गराइने जनाइएको छ ।
एमाले झापाका सचिव तुलसी कार्कीले कार्यक्रम तालिका अनुसार आइतवार काठमाडौंबाट झापा आएपछि दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानबसेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि साढे १ बजे दमक –३ स्थित नबनिर्मित बिजनेस टावरको समुद्घाटन गर्ने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिए ।
यस्तै, दोस्रो दिन २४ गतेको पहिलो कार्यक्रम १० बजे बेलडागी खानेपानी उद्घाटन गर्ने रहेको छ । ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा ९स्कुलचौन० मा जग्गाधनीपुर्जा बितरण, १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ ।
बिर्तामोडमा २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने सचिव कार्कीले जानकारी दिए । प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल बनाउन नेपाली कांग्रेस र एमालेबीच छलफल भएको थियो । जिल्लास्थित सत्ता संयन्त्रले भ्रमणलाई सफल बनाउदै जिल्लाको साना ठुला योजना पेश गर्ने बताइएको छ ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...