काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको अध्यक्षमा ओली
काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर ९काँकरभिट्टा एफटिसी० को अध्यक्षमा दिनेश ओली नवराज सर्वसम्मत चयन भएका छन् ।
झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको सेन्टरको तेस्रो अधिवेशनले ओलीको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा अशोक राई र द्वितीय उपाध्यक्षमा युवराज मुखियालाई चयन गरेको छ । त्यस्तै, सेन्टरको महासचिवमा लाक्पा तामाङ, सचिवमा मानिक पौडेल र कोषाध्यक्षमा पेमनर्बु शेर्पा चयन भएका छन् ।
सदस्यहरुमा उत्तरबहादुर तामाङ, रोशन काफ्ले, आशिष गुरुङ, मन्दिरा डुम्जन, मुन्ना सुब्बा, भूमिका सुब्बा, सुवास रम्तेल र सुरेश तिवारी रहेका छन् । निवर्तमान अध्यक्ष मीनबहादुर बस्नेत पनि कार्यसमितिमा अध्यक्ष पछाडिको वरीयतामा रहनेछन् ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
