काँकरभिट्टाबाट व्यवसायी दिलनाथ बजगाई वेपत्ता
काँकरभिट्टा । काठमाडौँका एक जना व्यवसायी झापाको काँकरभिट्टाबाट वेपत्ता भएका छन् । ललितपुरको महांकाल गाउँपालिका–२, स्थित मानिखेल घर भई काठमाडौँमा व्यवसाय गर्दै आएका ४० वर्षीय दिलनाथ बजगाई काँकरभिट्टाबाट वेपत्ता भएका हुन् ।
घरजग्गा कारोबारमा संलग्न बजगाई गत कात्तिक २९ गतेदेखि वेपत्ता भएको परिवारले जनाएको छ । मेचीनगर नगरपालिका–६, काँकरभिट्टा स्थित न्यू हिकोला हेरिटेज होटलमा बस्दै आएका व्यवसायी बजगाई १८ दिनदेखि वेपत्ता भएको उनकी श्रीमती तुलसा बजगाईले बताइन् ।
कात्तिक २९ गते श्रीमती तुलसासँग फेसबुकमा कुरा गरेका उनी त्यसपछि सम्पर्कमा छैनन् । उनको खोजबिनका लागि श्रीमती तुलसा र दाजु गणेशप्रसाद बजगाईले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिएका छन् ।
काँकरभिट्टाका डिएसपी मिमबहादुर लामाले व्यवसायी बजगाईका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । बजगाईले कात्तिक ३० गते भारतको गोवा जाने हवाई टिकट काटेका थिए । तर, उनी गोवातिर नगएर टिकट क्यान्सिल गरेको बुझिएको छ ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


