मेचीनगरमा मानवसेवा आश्रमको उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने
मेचीनगर । मेचीनगरमा मानवसेवा आश्रमको उद्घाटन तथा वृहत गुरु योजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
यही मंसिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा सडक मानवको उद्धारमा सक्रिय मानवसेवा आश्सम को १९ औँ बाहुनडाँगी शाखा कार्यालयको उद्घाटन तथा वृहत गुरु योजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
हाल उक्त आश्रममा ३३ जना पुरुष र १० जना महिला गरी ४३ जना सडक मानवको उद्धार गरेर आश्रय दिइरहेको छ । उनीहरुको आश्रमका ८ जना कर्मचारी तथा सहयोगीहरुले सेवा गरिरहेका छन् ।
२०६९ सालमा हेटौडामा आश्रमको मुख्य कार्यालय स्थापना भएको हो । आश्रमको देशभरी १९ वटा शाखा तथा २५ वटा सेवा केन्द्र रहेको छ ।
मुख्य कार्यालयका कोषध्यक्ष होमनाथ तिमिल्सिनाले देशभर नै खुल्ला आकाशमुनी रात विताउन विवश वेसहारा, असहाय, अशक्त, अभिभावकविहिन,मानसिक तथा शारिरिकरुपमा अति कमजोर, अनाथ तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्दै राष्ट्रलार्य नै २०८२ सालभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्नका लागि आश्रममानविय सेवामा निरन्तर सक्रिय रहेको बताए ।
उनका अनुसार आश्रमले देशभरबाट हालसम्म १० हजार ८२७ जना स्वादेशी तथा विदेशी सडक मानवहरुको उद्धार गरिसकेको छ ।
बाहुनडाँगी आश्रममा हाल ५० जनासम्म आश्रय दिए राख्न सक्ने क्षमता रहेको बताए । आगामी वर्ष आश्रममा एकसय पुर्याउने लक्ष्य रहेको छ । त्यसको क्षमता बढाएर १५० जनासम्म अटाउन मिल्ने गरिको तयारी भइरहेको उनको भनाई छ ।
आश्रममा रहेका आमा–बुबाहरुलाई हेरचाह, पालनपोषण र उपचार समेतको व्यवस्था गरिएको छ । आश्रममा योग ध्यान, मनोपरामर्श लगायत उद्यमशिलतामा समेत ध्यान दिएको बताइएको छ ।
आश्रमको वृहत गुरु योजना अन्तरगत ५ वर्षभित्र २२ करोड लगानीमा योग ध्यान भवन, उत्पादनमुखी कार्य, महिला र पुरुषको छुट्टा छुट्टै भवन लगायतका कामहरु गरिने तिमिल्सिनाको भनाई छ ।
आश्रमका लागि स्थानीय समाजसेवी रामबहादुर प्रधान र उनका परिवारले २ विघा ५ कठ्ठा जग्गा दान गरेका थिए ।
पत्रकार भेटघाटमा आश्रमका केन्द्रीय कोषाध्यक्ष तिमिल्सिना, कोशी प्रदेश प्रमुख नवराज केसी, कोशी प्रदेश संयोजक गंगाकुमारी थापा, झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
https://www.facebook.com/share/v/19b7hNk1E2/
काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर ९काँकरभिट्टा एफटिसी०...
काँकरभिट्टा । काठमाडौँका एक जना व्यवसायी झापाको काँकरभिट्टाबाट...
मेचीनगर । मेचीनगरमा मानवसेवा आश्रमको उद्घाटन तथा वृहत...
काँकरभिट्टा । बलात्कार जस्तो जघन्य अपराधको घटना अनुसन्धानमा...
मेचीनगर । मेचीनगर –७ स्थित मेची कृषक बहुमुखी...