गुणस्तरीय शिक्षा हाम्रो सफलताको आधार हो: केन्द्रीय उपाध्यक्ष घिमिरे
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन ९ प्याब्सन ० मेचीनगरको तेस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । मेचीनगर –७ स्थित ग्रीन भिलेज रेष्टुरेन्टमा भएको अधिवेशनको उद्घाटन गर्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेले सरकारले निजी विद्यालयहरुलाई सौतेलो ब्यवहार गरी कमजोर बनाउने प्रयत्न गरिरहेको भएपनि निजी विद्यालय झन् सशक्त भएर दरिँदै गएको बताए । ‘हामी आफ्नै बल बुताले उभिएका छौं,’उनले भने, ‘हामीलाई सरकाको कुनै सहयोग छैन् । गुणस्तरीय शिक्षा हाम्रो सफलताको आधार हो ।’ उनले पछिल्लो समय सामुदायिक विद्यालयहरुले पनि निजी विद्यालयको सिको गर्न थालेको बताए । शिक्षा ऐन परिमार्जनको तयारी भइरहेको र श्रम एन समेत संसोधन भएर आउनेमा आशावादी रहेको बताए ।
कार्यक्रमका विशेष अतिथि प्याब्सन झापा जिल्ला अध्यक्ष गौरीमान फागोले सरकारले चाहेर पनि निजी विद्यालय बन्द गर्न नसक्ने बताए । समाजले आवश्यकता ठानुन्जेल निजी विद्यालय निर्वाद रुपमा सञ्चालन हुन्छन् उनले भने, ‘निजी विद्यालयको भन्दा राम्रो अध्यापन सरकारी विद्यालयले गरेको खण्डमा मात्र निजी विद्यालय संकटमा पर्छ, ’उनले भने, ‘हामी गुणस्तरीय शिक्षामा मक्प्रोमाइज नगरौं । सधैं राम्रो गर्ने प्रयत्न गरौं ।’

संगठनले विद्यालय नबनाउने तर विद्यालय बचाउने काममा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकोले वक्ताहरुले सकभर सहमती गरेर सक्रिय नेतृत्व छान्न आग्रह गर्दै अग्रीम शुभकामना समेत दिएका थिए ।
कार्यक्रममा प्याब्सन प्रदेश सदस्य अजय आले मगर, जिल्ला सहसचिव इश्वरा श्रेष्ठ, सदस्य विष्णु सापकोटा, प्याब्सन मेचीनगरका संस्थापक सदस्य हरि अधिकारी, जिल्ला भाष्कर निरौला, महाधिवेशन प्रतिनिधि हिम्मत क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।
सो अवसरमा मेचीनगर प्याब्सनका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष डम्बर रुचालले मायाको चिनो प्रदान गरेका थिए । भने पदाधिकारी तथा सदस्यहरुले समेत अध्यक्ष रुचाललाई मायाको चिनो प्रदान गरे । कार्यक्रममा सहभागि अतिथिहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
प्याब्सन मेचीनगर समितिका अध्यक्ष डम्बर रुचालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विक्रम क्षेत्रीले स्वागत गरेका थिए भने सञ्चालन सचिव नेत्र खतिवडाले गरे । बन्द शत्रमा अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
