मेचीनगर : मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मेचीनगर । आज बेलुका पूर्व पश्चिम राजमार्गमा चारआलीबाट धुलाबारी आउँदै गरेको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।
चारआलीबाट धुलाबारी आउँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका नाम र थर नखुलेका पैदल यात्री अन्दाजी ५० वर्षीय पुरुषलाई शुक्रबार बेलुका ६ वजे ठक्कर दिँदा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
उनलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पठाइएको थियो । घाइतेलाई बेलुका करिव ७ वजे अस्पताल पुर्याउन साथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेका थिए ।
मोटरसाइकल चालक मेचीनगर नगरपालिका–७ बस्ने बर्ष ५२ का गणेश राजबंशी समेत घाइते भएका थिए । उनको हात, खुट्टा, अनुहार र मुखमा चोट लागेकाले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...