लिङ्कन मन्टेश्वरीमा दीपावलीको शुभकामना आदान-प्रदान
बिर्तामोड । लिङ्कन मन्टेश्वरी स्कुलले शुभ(दीपावलीको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । झापाको बिर्तामोड-३ मा सञ्चालनमा रहेको सुविधा सम्पन्न मन्टेश्वरी स्कुलले मंगलबार विद्यालयल परिसरमा विद्यार्थीहरुसँग दीपावलीको शुभकामना साटासाट गरेको हो ।
तिहारसम्बन्धी बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले स्कुलले शुभकामना आदान(प्रदान कार्यक्रम आयोजना गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई तिहारमा खेलिने देउसीभैलो, सेल रोटी, भाइटिकासहित तिहारमा गरिने सांस्कृतिक परम्पराका विषयमा जानकारी गराइएको सञ्चालक पौडेलले बताए ।
तिहार भनेको पटेका पटकाउने मात्र नभएर गीत संगीतमा रमाउँदै देउसी भैलो खेल्ने, आपसी भाइचारालाई स्थापीत गर्ने, सेलरोटी, ओखर जस्ता चिज खाने भनेर सन्देश दिन कार्यक्रम गरिएको सञ्चालक पौडेलले बताएका हुन् ।
शुभकामना आदान(प्रदान कार्यक्रममा बालबालिकाहरुलाई सप्तक संगीत विद्यालयका प्रशिक्षक सरोज वत्सलसहितको चार जनाको टोलीले गिटार, मादल, हर्मोनियमका माध्यमबाट संगीतमय देउसीभैलो समेत खेलाइएको थियो ।
उक्त स्कुलले प्रत्येक चाडवाडको बालबालिकाहरुलाई जानकारी दिन यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज, बडादशैं जस्ता चाडवाडमा पनि कार्यक्रम गरेको थियो ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...