नेपाल फर्निचर उद्योगको तेस्रो शाखा धुलाबारीमा
इटाभट्टा । मेचीनगर -७ मा मुख्य कार्यालय रहेको नेपाल फर्निचर उद्योगले शोरुम विस्तारलाई तीब्रता दिएको छ । १० वर्ष अघि मेचीनगर – ७ स्थित गोमन सरीमा स्थापना भएको नेपाल फर्निचर उद्योगले मंगलबार आफ्नो तेस्रो शाखाको रुपमा धुलाबारीमा शोरुम सञ्चालनमा ल्याएको छ ।
शोरुमको मंगलबार बिहान करिव ११ बजे वैद्धिक विधीबाट पूजा– आजागरी उद्घाटन गरिएको थियो । शोरुम उद्घाटन पछि आयोजिक संक्षिप्त कार्यक्रममा शोरुमका सञ्चालन हरि संग्रौलाले ग्राहकको मागलाई ध्यानमा राखेर धुलाबारीमा शोरुम सञ्चालन गरिएको बताए । प्रतिष्पर्धामा खरो उत्रीएको नेपाल फर्निचर उद्योगले आफ्नो उत्पादनलाई बृहत बनाउँदै लगेको छ । ‘घर, अफिस, रेष्टुरेन्टमा आवश्यक पर्ने बिभिन्न किसिमका फर्निचरका सामाग्री उत्पादन तथा बिक्री वितरण गरिरहेको छौं । सञ्चालक संग्रौलाले भने, ‘गुणस्तरीय सामाग्री भएकै कारण आज अधिकांश ग्राहक हाम्रोमा आउनु हुन्छ ।’

फर्निचर उद्योगका अर्का सञ्चालक कञ्चन बरालले उद्योगमा हालसम्म करिव अढाई करोण लागानी भएको बताउँदै आगामी तीन महिना भित्र मेचीनगरको चारआली क्षेत्रमा समेत शाखा सञ्चालनमा ल्याउने बताए । सुरुका दिनमा जिल्लाका बिभिन्न बजारमा होलसेल रुपमा सामाग्री विक्री गर्दै आएको फर्निचर उद्योगले कोरोना पछि आफने ब्यवसायलाई ब्यवस्थित गर्दै लगेको उनले बताए ।
‘होलसेलमा सामान दिँदा खासै प्रतिफल आएन जोखिम पनि त्यतिकै थियो,’ उनले भने, ‘कोरोना पछि आफ्नै सोरुम सञ्चालन गरेर बिक्री वितरण सुरु गर्यौ । अहिले झापा जिल्लामा छुट्टै पहिचानका साथ स्थापित भएका छौं । ग्राहकको पहिलो रोजाई नेपाल फर्निचर बन्दै गएको छ ।’ उनले काँकरभिट्टामा देवीका भेराइटि र नेपाल फर्निचर उद्योगले संयुक्त रुपमा सोरुम सञ्चालन गरेको बताए । दोस्रो फर्निचर शोरुम इटाभट्टामा केही महिना अघि सञ्चालनमा आएको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
