थिङ्गकर्स क्लब : सामुहिक ‘कुकुर तिहार’ मनाउने योजना
मेचीनगर । मेचीनगरमा विचार विमर्श गर्ने युवाहरुको एउटा संस्थाले सामुहिक रुपमा कुकुर तिहार मनाउने भएको छ । यही कात्तिक १५ गते कुकुर तिहारका दिन थिङ्गकर्स क्लब मेचीनगरले काँकरभिट्टामा सामुहिक रुपमा कुकुरको पूजा गर्ने भएको हो।
क्लबले लयाज क्याफेमा आयोजना गरेको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा सो कुरा जानकारी गराइएको हो । क्लबका अध्यक्ष आयुष्मान निरौलाले धुलाबारीदेखि काँकरभिट्टासम्मका कुकुरहरुलाई रिफ्ल्याक्टिभ कलर (चम्किलो फित्ता) लगाईदिने, रेविज र लुतोको भ्याक्सिन लगाउने, खाना खुवाउने, घर पालुवा र सामुदायिक कुकुरलाई सामुहिक रुपमा कुकुर पूजा गरिने जानकारी दिए ।
क्लबमा आवद्व भएका पशु प्राविधिकको टिमले कुकुरको सेवासहितको स्वास्थ्य शिविर नै सञ्चालन गर्ने योजना रहेको उनको भनाई छ । ‘विश्वको एकमात्र देश नेपालमा कुकुर तिहार मनाइन्छ’, अध्यक्ष निरौलााले भने–‘कुकुरको पूजा गर्नु नेपाल र नेपालीहरुको पहिचान हो । संस्कृति पनि हो । कुकुरलाई घृणा होइन माया गरौँ । कुकुरसँग मित्रवत व्यवहार गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।’
कुकुर तिहार विशेष कार्यक्रममा करिव ५० वटा सामुदायिक कुकुरलाई रिफ्ल्याक्टिभ कलर (चम्किलो फित्ता) लगाउने र ५० वटा घर पालुवासहित १०० वटा कुकुरलाई रेविज–लुतोको भ्याक्सिन र खाना खुवाउने योजना रहेको निरौलाले बताए ।
धुलाबारीबाट विहान ७ वजेदेखि सुरु सो अभियान करिव १० वजेसम्म काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष आयुष्मान निरौला, रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष कमल कोइराला, पशु प्राविधिक रञ्जु खड्का, मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल लगायत अभियानका विषयमा जानकारी गराएका थिए ।
सो अभियानमा रोटरी क्लब अफ मेचीनगर, रोट्याक्ट क्लब अफ मेचीनगर, रोट्याक्ट क्लब अफ ईटाभट्टा, उज्यालो यात्रा, प्रगतिशिल युवा क्लब धुलाबारी लगायतका संघ–संस्थाहरुको सहभागिता रहनेछ ।
अन्तरक्रिया तथा पत्रकार सम्मेलनको सहजिकरण क्लबका सचिव अमृत चौँलागाईले गरेका थिए ।
३ वर्ष अगाडि स्थापना भएको क्लबले विभिन्न विषयमा विचार विमर्श गर्ने गरेको छ । सामाजिक विकृति विसंगतिका विरुद्धमा स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउने, आवाज उठाउने, लागूऔषध न्युनिकरण र विभिन्न सामाजिक विषयमा अन्तरक्रिया गर्ने गरेको अध्यक्ष निरौलाले बताए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
