फाइनल प्रवेशका लागि आज आयोजक र शनिश्चरे एफसी भिड्दै
मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेशका लागि आज आयोजक र शनिश्चरे फुटबल क्लब आमनेसामने हुँदैछन् । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल अन्तर्गत आज दिउँसो यी दुई टिम भिड्न लागेका हुन् ।
आजको खेल जिते मात्रै पनि ५१ हजार १११ रूपैयाँ सुरक्षित हुने हुँदा दुवै टिमले गर या मरको अवस्थामा खेल्ने छन् । प्रतियोगितामा आयोजक घरेलु मैदान र दर्शकको दर्बिलो साथमा उच्च मनोबल लिएर मैदान प्रवेश गर्दा यता शनिश्चरे पनि आफुलाई उपाधि दाबेदार साबित गर्न तल्लिन देखिन्छ । आयोजक तथा दर्शकहरूले आजको खेललाई प्रतियोगिताकै महत्त्वपूर्ण खेलको रूपमा हेरेको आयोजक इँटाभट्टा फुटबल क्लबका उपाध्यक्ष रमेश धिमाल बताउँछन् ।
ह्याप्पी क्लब काँकरभिट्टा झापा एफसीलाई पराजित गर्दै फाइनल पुगिसकेको छ । कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित आकर्षक ट्रफी पाउने छ ।
प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीले नगद २ हजार १ सयसहित ट्रफी प्राप्त गर्दा विधागततर्फ पुरस्कृत खेलाडीले जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
