मेचीनगर : इटाभट्टामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

मेचीनगर । झापाको मेचीनगर – ७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
आईतवार बिहान ७.३० बजेतिर मेचीनगर– ७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनमा काम गर्ने अन्दाजी वर्ष ३५ का अविशेक लिम्बु सवार प्र. ०१.१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक अन्दाजी वर्ष ४५ का डिकेन राजवंशीलाई ठक्कर दिएको थियो । घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोम उपचारका क्रममा ७.४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले यातायात सुचारु गराएको प्रहरीले जनाएको छ ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...