शुभ दशैँ


दशैँ आगनमा छ । दशैँलाई नेपालीहरुको महान पर्व हो । दशैँलाई सद्भावको मात्र नभएर असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पनि मनाइने गरिन्छ । यो आस्थाको प्रतीक मात्र नभएर शक्ति, सहिष्णुता, सद्भाव लगायतप्रतिको समर्पण पनि हो । असोज १७ गते बिहीबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएसँगै बडादशैँ सुरु भएको छ । ९ दिनसम्म नौ देविनको पूजा अरिबर दशमीका दिन टिका लगाएर विजया दशमी मनाइन्छ । विजया दशमीका दिन आफू भन्दा ठुला बडाबाट टिका लगाइबर आशिर्वाद लिने गरिन्छ । विजया दशमीका दिन आफूभन्दा ठुला बडाबाट टिका लगाउने गरिन्छ । पूर्णिमासम्म पनि टिका लगाइबर दशैं मनाइन्छ । यो पर्व आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाउने प्रचलन छ ।

हिन्दु धर्म संस्कार र संस्कृति मान्नेहरुका लागि बडादशैँको ठूलो महत्व र महिमा छ । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो । दशैँले उमंग अनि खुसी ल्याउँछ, अनि पारिवारिक मिलन गराउँछ । यो परम्परा र संस्कृतिसँग पनि जोडिएको छ । यसको आपÞm्नै महत्व छ । तर, पछिल्ला दिनहरुमा दशैँलाई पनि आधुनिकता र परिवर्तनको नाममा उच्छृंखल बनाइँदै गएको आभास भइरहेको छ । अनावश्यक तामझाम र तडकभडक गरेर दशैँ मनाउने समेत गरेको पाइन्छ । दशैँमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ प्रतिष्पर्धा गरेको पनि देख्न र सुन्न पाइन्छ । चाड मनाउने नाममा रक्सी र मासुका लागि हजारौं खर्चिने, गहना र लत्ता कपडामा आफ्नो आम्दानीले नभ्याए ऋण गरेर पनि खर्च गर्ने प्रवृत्ति बढेको छ । यसले पर्वको नाममा विकृति समेत बढाएको छ । यो पर्वलाई तडकभडक र अनावश्यक तामझाम गरेर भन्दा पनि आपसी सहयोग र भाइचारा बढाउने अवसरको रुपमा लिनुपर्दछ ।

दशैँको बहानामा बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने, चोरी डकैतीका घटनाहरु हुने गदर्छन् । त्यसलाई नियन्त्रण र निरुत्साहित गर्न स्थानीय सरकार, प्रहरी प्रशासनले ध्यान दिन जरुरी छ । यसपटक दशैँको मुखमा आएको बाढी पहिरोले धेरै नेपालीको खुसी खोसिएको छ । कयौंले परिवार गुमाएका छन्, कयौं घाइते छन् । सडक अवरुद्ध हुँदा घरबाट बाहिर रहेकाहरु अझै घर फर्कन सकेका छैनन् । सरकारले ती पीडामा रहेका नागरिकप्रति अभिभावक छ भन्नेगरी घाइतेको उपचार, परिवार गुमाएकाहरुलाई राहत, घर फर्कनेहरुलाई तत्काल व्यवस्था मिलाउन सक्नु पर्दछ । अन्त्यमा, बडादशैँले सद्भाव, एकता अनि समृद्धि ल्याउन सकोस् हार्दिक शुभकामना ।