छोरीको जन्मदिनमा मानव सेवा आश्रमलाई ओझा परिवारको सहयोग

मेचीनगर । मेचीनगर-१० धुलाबारी निवासी समाजसेवी सोम ओझाले आफ्नी सानी छोरी सिधिका ओझाको ५ औं जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई नगदसहित औंषधि सहयोग गरेका छन्।
मेचीनगर १० का वडा सदस्य समेत रहेका ओझा मेचीनगरको सामाजिक क्षेत्रमा अग्रपंक्तिमा आउने नाम हो । उनले थुप्रै सामाजिक संघसंस्थामा सहयोग पुर्याउनुका साथै गरिब अशक्त तथा असाहय परिवारलाई नगद सहयोग गर्नुका साथै औंषधि र स्वास्थ्य सेवा पनि निस्शुल्क उपलब्ध गराउँदै आइरहेका छन् ।
उनै ओझा परिवारले सामाजिक कार्यलाई निरन्तरता दिदैं आज श्रीमती सुजता ओझा, छोरा सौजल ओझासहित आफू सरिक हुँदै आफ्नी सानी छोरीको जन्म उत्सवको अवसर पारेर मेचीनगर-४ बाहुण्डाँगीमा रहेको मानव सेवा आश्रमलाई नगद पाँच हजार एक सय नगदसहित आवश्यक औंषधि सहयोग गरेका हुन्।

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...