अबिरल बर्षा र बाढीले जिल्लास्तरीय फुटबल प्रतियोगिता स्थगित


मेचीनगर। झापाको मेचीनगर-८ स्थित “इटाभट्टा फुटबल क्लब”ले प्रथम इटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता असोज १२ गतेदेखि आजदेखि सञ्चालन गर्ने तयारी गरेकोमा बिगत केहि दिनदेखि आएको अभिरल बर्षा र बाढीका कारण खेल स्थगन गरिएको छ ।

स्थानीय युवाहरुको चौतर्फी खेलकुद विकासलाई मध्यनजर गर्दै असोज १९ गतेसम्म “प्रथम इटाभट्टा नकआउट जिल्ला स्तरीय फुटबल प्रतियोगिता”’ गर्ने तयारी गरिएकोमा हाललाई स्थगन गरि आगामी कात्तिक २ गतेदेखि ९ गतेसम्म आयोजना गरिने आयोजक क्लबका अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । आयोजकको एक टिमसहित जिल्लाका बिभिन्न ८ चर्चित क्लबहरू बिच प्रतियोगितामा प्रतिस्पर्धा गराउने तयारी थियो तर, अहिलेलाई प्रतियोगिता रोकिएको उनको भनाइृ छ ।

प्रतियोगिताको सबै प्रक्रिया पूरा गरी तयारी समेत सम्पन्न गरिसक्न आटेको बेला केहि दिनदेखि आएको बर्षा र बाढीले खेल खेलाउन असहज भएको क्लबका सचिव रामकुमार गिरीले जानकारी दिए ।

प्रतियोगितामा मेचीनगर-८ वडा कार्यालय सह(आयोजक रहेको छ । प्रतियोगिता सफल बनाउन स्थानीय उद्योगी९ब्यवसायी एवम् संघसंस्था तथा विदेशमा रहेका मेचीनगरबासीबाट आर्थिक सहयोग संकलन गरिरहेको आयोजकले जनाएको छ ।