अबिरल बर्षा र बाढीले जिल्लास्तरीय फुटबल प्रतियोगिता स्थगित
मेचीनगर। झापाको मेचीनगर-८ स्थित “इटाभट्टा फुटबल क्लब”ले प्रथम इटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता असोज १२ गतेदेखि आजदेखि सञ्चालन गर्ने तयारी गरेकोमा बिगत केहि दिनदेखि आएको अभिरल बर्षा र बाढीका कारण खेल स्थगन गरिएको छ ।
स्थानीय युवाहरुको चौतर्फी खेलकुद विकासलाई मध्यनजर गर्दै असोज १९ गतेसम्म “प्रथम इटाभट्टा नकआउट जिल्ला स्तरीय फुटबल प्रतियोगिता”’ गर्ने तयारी गरिएकोमा हाललाई स्थगन गरि आगामी कात्तिक २ गतेदेखि ९ गतेसम्म आयोजना गरिने आयोजक क्लबका अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । आयोजकको एक टिमसहित जिल्लाका बिभिन्न ८ चर्चित क्लबहरू बिच प्रतियोगितामा प्रतिस्पर्धा गराउने तयारी थियो तर, अहिलेलाई प्रतियोगिता रोकिएको उनको भनाइृ छ ।
प्रतियोगिताको सबै प्रक्रिया पूरा गरी तयारी समेत सम्पन्न गरिसक्न आटेको बेला केहि दिनदेखि आएको बर्षा र बाढीले खेल खेलाउन असहज भएको क्लबका सचिव रामकुमार गिरीले जानकारी दिए ।
प्रतियोगितामा मेचीनगर-८ वडा कार्यालय सह(आयोजक रहेको छ । प्रतियोगिता सफल बनाउन स्थानीय उद्योगी९ब्यवसायी एवम् संघसंस्था तथा विदेशमा रहेका मेचीनगरबासीबाट आर्थिक सहयोग संकलन गरिरहेको आयोजकले जनाएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
