असोज ७ गतेदेखि बिर्तामोडमा किताब मेला

बिर्तामोड । वीरता रिडर्सको आयोजनामा दशैं कोसेली किताब भन्ने नाराका साथ बिर्तामोडमा किताब मेला आयोजना हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन गरी किताब मेलाको तयारी र व्यवस्थापनबारे जानकारी दिएको हो ।
लेखक र पाठकहरूबीच सम्बन्ध सेतु स्थापित गर्ने उद्देश्यले किताब मेलाको आयोजना गरिएको रिडर्सले जनाएको छ । रेडर्सका संयोजक तीर्थ सिग्देलले बिर्तामोडको शनिश्चरे रोडस्थित नेपाल बैंक छेउमा असोज ७ गतेदेखि २३ गतेसम्म मेला सञ्चालन हुने बताए ।
साहित्य पत्रकार मञ्च, झापाली साहित्य समाज र बिर्तामोड पुस्तकालयको सहकार्यमा पुस्तक मेला आयोजना हुन लागेको हो । मेलामा झापाली लेखकका किताबको छुट्टै स्थल रहने जनाइएको छ । मेलामा आएका पाठकले साहित्यकारसँग साक्षात्कार गर्न पाउनेछन् ।
मेलामा बिर्तामोडको ईशा बुक्स एण्ड स्टेसनरीले स्टल व्यवस्थापन गरेको छ । स्थलमा ९०० भन्दा बढी किताब रहने जनाइएको छ । सञ्चालक केशव मैनालीले सबै क्षेत्रका किताब उपलब्ध हुने बताए ।
रिडर्स अभियानका अभियन्ता समेत रहेका पत्रकार सन्तोष आचार्य पाठकको रुचि र चाहना अनुसार लेखन अभ्यासमा सक्रिय हुन लेखकहरूलाई समेत प्रेरित गर्ने उद्देश्यले किताब मेला आयोजना गरिएको बताउँछन् ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...