असोज ७ गतेदेखि बिर्तामोडमा किताब मेला
बिर्तामोड । वीरता रिडर्सको आयोजनामा दशैं कोसेली किताब भन्ने नाराका साथ बिर्तामोडमा किताब मेला आयोजना हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन गरी किताब मेलाको तयारी र व्यवस्थापनबारे जानकारी दिएको हो ।
लेखक र पाठकहरूबीच सम्बन्ध सेतु स्थापित गर्ने उद्देश्यले किताब मेलाको आयोजना गरिएको रिडर्सले जनाएको छ । रेडर्सका संयोजक तीर्थ सिग्देलले बिर्तामोडको शनिश्चरे रोडस्थित नेपाल बैंक छेउमा असोज ७ गतेदेखि २३ गतेसम्म मेला सञ्चालन हुने बताए ।
साहित्य पत्रकार मञ्च, झापाली साहित्य समाज र बिर्तामोड पुस्तकालयको सहकार्यमा पुस्तक मेला आयोजना हुन लागेको हो । मेलामा झापाली लेखकका किताबको छुट्टै स्थल रहने जनाइएको छ । मेलामा आएका पाठकले साहित्यकारसँग साक्षात्कार गर्न पाउनेछन् ।
मेलामा बिर्तामोडको ईशा बुक्स एण्ड स्टेसनरीले स्टल व्यवस्थापन गरेको छ । स्थलमा ९०० भन्दा बढी किताब रहने जनाइएको छ । सञ्चालक केशव मैनालीले सबै क्षेत्रका किताब उपलब्ध हुने बताए ।
रिडर्स अभियानका अभियन्ता समेत रहेका पत्रकार सन्तोष आचार्य पाठकको रुचि र चाहना अनुसार लेखन अभ्यासमा सक्रिय हुन लेखकहरूलाई समेत प्रेरित गर्ने उद्देश्यले किताब मेला आयोजना गरिएको बताउँछन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
