मेचीनगरमा बजार अनुगमन : गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न छ्यापछ्याप्ती
मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केही व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् ।
बजारमा छ्यापछ्याप्ती गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार अनुगमनमा कडाई गरिएको नगरपालिकाले जनाएको छ । खाद्यान्न मानिसको स्वास्थ्यसंग प्रत्यक्ष जोडिने भएको हुँदा त्यस्ता सामाग्री बिक्री वितरण गर्दा उपभोग गर्न योग्य हुनु अनिवार्य रहेको नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्की बताउँछन् ।
कार्कीको नेतृत्वमा आइतबार सुरू भएको अनुगमनमा अधिकांश पसलमा गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू पाइएको छ । नगरपालिकाले पहिलो पटक अनुगमनमा व्यवसायीहरुलाई सम्झाई बुझाई गरेको र पुनः यस्तै घटना दोहोरिए कानुनी कारवाही गरिने उनको भनाई छ।
अनुगमनका क्रममा टोलीले धुलाबारीको पौडेल किराना पसल, श्यामसुन्दर किराना पसल, विजय किराना पसल, पूजा किराना पसल र आदर्श किराना पसल लगायतका खाद्यान्न पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा गुणस्तरहिन र म्याद नाघेको हर्लिक्स, जौको चामल, सस, रसबरी मिठाइँ, ग्लोकुज, बच्चाको मिठाईलगायत सामग्रीहरु ती पसलबाट जफत गरिएको कार्कीले जानकारी दिए ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

