एमाले मेचीनगर-५ को अध्यक्षमा पुनः राउत
मेचीनगर । नेकपा एमाले मेचीनगर-५ को दोस्रो वडा अधिवेशनबाट रविन राउतको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । मेचीनगर९५ स्थित माङहिम टोलमा शनिबार सम्पन्न वडाको दोश्रो अधिवेशनबाट अध्यक्षमा राउत पुनः निर्वाचित भएका हुन् ।
कमिटीको उपाध्यक्षमा हीरा सुर्खेती, सचिवमा सुरज तामाङ, सहसचिवमा सुनित गिरी र पदमकुमारी राई चयन भएका हुन् ।
त्यसैगरी, सदस्यहरुमा शोभा गिरी, मिनु कार्की, बबिता विश्वकर्मा, दिलबहादुर शंकर, अम्बर गिरी, कमल तामाङ, सरोज राउत, दिलबहादुर बि.क., सीता गिरी, शैलेश श्रेष्ठ, राधा कृष्ण भट्टराई, नेकपा एमाले मेचीनगर-५ का अध्यक्ष रविन राउतको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मेचीनगर नगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रदेश कमिटी सदस्य घनश्याम अधिकारी, जिल्ला कमिटी सदस्य रमा भण्डारी, कनकबहादुर कार्की, खगेन्द्र भण्डारी, अनन्तकुमार दाहाल, माया प्याकुरेल, मनबहादुर लिम्बू, देवीमाया वि।क।, गंगा मगरलगायतको आतिथ्यता रहेको थियो ।
नेकपा एमाले मेचीनगर ५ की उपाध्यक्ष माया प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुरज तामाङले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
