जेसीज हाजिरीजवाफमा चारआली प्रथम
बाहुनडाँगी । बाहुनडाँगी जेसीजले आयोजना गरेको शाखास्तरीय अन्तर जेसीज हाजिरीजवाफ प्रतियोगिताको उपाधि चारआली जेसीजले जितेको छ ।
१४ औँ स्थापना दिवसको अवसर पारेर बाहुण्डाँगी जेसीजले शनिबार मेचीनगर(४, स्थित बाहुनडाँगी सामुदायिक भवनमा सम्पन्न हाजिरीजवाफको विजेताले नगद ५ हजारसहित प्रमाण(पत्र र मेडल प्राप्त गरे ।
त्यसैगरी, प्रतियोगितामा सुरुङ्गा जेसीजले दोस्रो स्थान, भद्रपुर जेसीज तेस्रो तथा धुलाबारी जेसीज चौथो भएका छन् । दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमशः नगद ३, २, १ हजारसहित ट्रफी तथा मेडल प्राप्त गरे । जेसीजका ८ शाखा सहभागी हाजिरीजवाफ प्रतियोगिताको सञ्चालन धुलाबारी जेसीजका पूर्व अध्यक्ष केशव पोखरेलले गरेका थिए ।
विजेता उपविजेतालाई बाहुण्डाँगी जेसीजका लागि निरुपित उपाध्यक्ष बहादुर तामाङ, नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशी, वर्ष २०२४ एरिया ए का तालिम संयोजक प्रदिप विष्ट, मेचीनगर लेडी जेसीजका पूर्व अध्यक्ष शोभा श्रेष्ठ नेम्बाङ, बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ, पूर्व अध्यक्षहरु बद्री निरौला, पुष्कर ढकाल, कञ्चन उप्रेती, बोर्ड प्रमुख सल्लाहकार समिर राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बाहुण्डाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको सभापतित्व रहेको थियो ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्की, नेपाल जेसीज वर्ष १९९५ का राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेट्वाल, वर्ष २०१७ राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारी, वर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर, निरुपित उपाध्यक्ष जेसी बहादुर तामाङ, नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष जेसी रिता न्यौपाने, बाहुण्डाँगी जेसीज वर्ष २०१३ का अध्यक्ष जेसी बद्री निरौला, धुलाबारी जेसीजका पूर्व अध्यक्ष लिलाप्रसाद भण्डारी, मातृ शाखा धुलाबारी जेसीजका अध्यक्ष जेसी मञ्जिल रसाइलीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम संयोजक नित्यानन्द चम्लागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यकारिणी उपाध्यक्ष सुष्मा मिश्रले गरेकी थिइन् । कार्यक्रममा आर्यना कृषि तथा पशुपालन प्रा।लि। मेचीनगर(४ ले बाहुनडाँगीको कोसेलीस्वरुप कागती प्रदान गरेको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
