जंगली हात्तीबाट बाली जोगाउन ‘मोवाइल फेन्सिङ’

मेचीनगर । छिमेकी मुलुक भारतबाट आउने जंगली हात्तीबाट किसानले लगाएको धानबाली जोगाउन मेची किनारमा ‘मोवाइल फेन्सिङ’ लगाइएको छ । मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले एक कार्यक्रमका बिच आज उक्त ‘मोवाइल फेन्सिङ’ उद्घाटन गरेका हुन् ।
मेचीनगर नगरपालिका–१ र ४ को पाँच सय विगाह जमिनमा लगाउन थालिएको ‘मोवाइल फेन्सिङ’(मौसमी फेन्सिङ) मध्ये दोस्रो खण्ड नगरप्रमुख बुढाथोकीले आज १ नं वडाको करिब १०० बिगाहा जमिनमा फैलिएको फेन्सिङको स्विच अन गरि करेन्ट छाड्दै विधिवत् रूपमा उद्घाटन गरे ।
मेचीनगरको पहलमा सुरु भएको ‘मोवाइल फेन्सिङ’ घेराबारा गर्न इसिमोड नेपालको १३ लाख आर्थिक सहयोग तथा उज्यालो नेपाल बर्दियाको प्राबिधिक सहयोग रहेको छ ।
फेन्सिङको उद्घाटन गर्न फिल्डमा पुगेका नगरप्रमुख बुढाथोकीले बाहुनडाँगीमा हात्तीको समस्या धेरै रहेको बताउँदै त्यसलाई समाधान गर्न लागि परिरहेको बताए ।

बाहुनडाँगी क्षेत्रमा हात्ती समस्या बर्षौ देखि चल्दै आएता पनि यसलाई निर्मुल पार्न धेरै प्रयत्न थालिएको छ । जस मध्येको एक फेन्सिङ पनि रहेको उनले बताए । कम लागतमा जडान हुने फेन्सिङले जंगली हात्तीबाट बाली जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सौर्य ऊर्जामार्फत सञ्चालित यो प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा मात्र प्रयोग भएको थियो । त्यहाँ सफल भएपछि मेचीनगरको बाहुनडाँगीमा प्रयोगमा ल्याइएको ईन्जिनियर चिरायु थापाले जानकारी दिए ।
उद्घाटन कार्यक्रम नगरप्रमुखसहित मेचीनगर १ का वडाध्यक्ष राजकुमार राई, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, पुर्व मेचीनगर १ का वडाध्यक्ष पासाङ तामाङ, कार्यपालिका सदस्य तुलसा देवान, उज्यालो नेपाल बर्दियाका ईन्जिनियर चिरायु थापा, प्राविधिक नवराज पोख्रेललगायत स्थानीयको सहभागीता रहेको थियो ।
प्रेस चौतारीका उपाध्यक्ष अधिकारीद्वारा उपचार कोषलाई सहयोग

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...
मेचीनगर नगरपालिका : पूर्वी ढोका र समृद्धिको यात्रा

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...
घर–घरमा पुगेर नगरबासीको स्वास्थ्य बुझ्दै मेचीनगर

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...
क्रस बोर्डर टुरिजमको काम निरन्तर गरिरहेका छौं-खतिवडा

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...
कमल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...
होटल म्यानेजमेन्टमा आदर्शको प्रयोगात्मक मोडेल : किताबदेखि किचनसम्म

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...
एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याएको पारिजात स्कूलमा सम्मान

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...