इटाभट्टामा असोज १२ देखि जिल्लास्तरीय फुटबल प्रतियोगिता
इटाभटा । झापाको मेचीनगर-८ स्थित ञइट्टभटा एफसि क्लबझले प्रथम इट्टाभटा नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिताको तयारी गरेको छ । स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको बुधबार पत्रकारसमक्ष जानकारी दिएको छ ।
जिल्लाका बिभिन्न ८ वटा क्लबबाट प्रतियोगितामा सहभागी हुने र त्यसको सबै प्रक्रिया पूरा गरेको इटाभटा एफसि क्लबले अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय १ रुपैयाँ र दोस्रो हुनेलाई ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि तथा प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।
प्रतियोगितामा सहाअयोजक मेचीनगर(८ सहआयोजक रहेको मेचीनगर(८ का अध्यक्ष गिरिराज धमलाले जानकारी दिए । युवाको चेतनाको विकाससंगै शारीरिक र बौद्धिक विकासका लागि पहिलो पटक इट्टाभटा नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गरिएको अध्यक्ष धमलाको भनाई थियो।
केहीदिन अघि दर्ता प्रक्रिया पूरा गरी प्रतियोगिताको तयारी गरेकाले स्थानीय उद्योगी(ब्यवसायी एबम् संघसंस्थाबाट आर्थिक सहयोगको अपेक्षा गरिएको वडाका सदस्य एबम् खेलकुद संयोजक बिष्णु भट्टराईले जानकारी दिए ।
१५ लाख लाग्ने अनुमान गरिएको प्रतियोगिता मेचीनगर(८स्थित बन बाटिका खेल मैदानमा तयारी गरिएको आयोजकको भनाइ छ । प्रचारप्रसारका लागि आयोजित पत्रकार भेटघाटको सञ्चालन रामकुमार गिरीले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
