मेची भन्सार : रेग्मी जाने चुँडाल आउने
काँकरभिट्टा । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीलाई सरुवा भएको छ । अर्थ मन्त्रालयले ११ जना भन्सार प्रमुखसहित १९ जना उपसचिवको सरुवा गरेको हो ।
उनलाई भैरहवा भन्सार कार्यालयमा सरुवा गरिएको हो । उनको ठाउँमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट राजेन्द्रप्रसाद चुँडाललाई पठाइएको छ । स्रोतका अनुसार चुँडालले मेची भन्सार कार्यालय आउन आनाकानी गरिरहेका छन् ।
सोमबार मन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक राजस्व कार्यालयहरू र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृह जिल्लामा रहेको भैरहवा भन्सार कार्यालयका प्रमुखसमेतको सरूवा भएको हो । अर्थले एक साताअघि मात्रै भन्सार, राजस्व र करका ५८ जना उपसचिवको सरुवा गरेको थियो । अर्थले एक सातामा ७७ जना उपसचिवको सरुवा गरेको हो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
