मेची भन्सार : रेग्मी जाने चुँडाल आउने
काँकरभिट्टा । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीलाई सरुवा भएको छ । अर्थ मन्त्रालयले ११ जना भन्सार प्रमुखसहित १९ जना उपसचिवको सरुवा गरेको हो ।
उनलाई भैरहवा भन्सार कार्यालयमा सरुवा गरिएको हो । उनको ठाउँमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट राजेन्द्रप्रसाद चुँडाललाई पठाइएको छ । स्रोतका अनुसार चुँडालले मेची भन्सार कार्यालय आउन आनाकानी गरिरहेका छन् ।
सोमबार मन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक राजस्व कार्यालयहरू र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृह जिल्लामा रहेको भैरहवा भन्सार कार्यालयका प्रमुखसमेतको सरूवा भएको हो । अर्थले एक साताअघि मात्रै भन्सार, राजस्व र करका ५८ जना उपसचिवको सरुवा गरेको थियो । अर्थले एक सातामा ७७ जना उपसचिवको सरुवा गरेको हो ।
मेचीनगर । मेचीनगर नगरपालिकाले मनायो राष्ट्रिय शिक्षा दिवस...
मेचीनगर । मेचीनगर-९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी...
बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीले...
काँकरभिट्टा । नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका...
मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न...
मेचीनगर । नेकपा एमाले मेचीनगरले मेचीनगर नगरपालिकाका १५...
मेचीनगर । नेपाल जेसीजले क्षेत्र (क) सम्मेलन झापाको...