भदौ २६ देखि काँकरभिट्टामा सांगीतिक महोत्सव
काँकरभिट्टा । इण्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको सहयोगार्थ झापाको काँकरभिट्टामा सांगीतिक महोत्सव तथा रमाइलो मेला(२०८१ आयोजना हुने भएको छ । कमजोर आर्थिक अवस्थाकै कारण राष्ट्रिय फुटबल प्रतियोगिता गर्न असमर्थ भएकाले काँकरभिट्टा भेट्रान क्लबले मेलाको आयोजना गरेको हो ।
राष्ट्रिय फुटबल प्रतियोगिताका लागि सांगीतिक महोत्सव तथा रमाइलो मेलको आयोजना गरेको मंगलबार आयोजकले पत्रकारसमक्ष जाककारी गराएको छ । क्लबले जिल्ला प्रशासन कार्यालय झापाबाट स्वीकृति लिएर आगामी भदौ २६ देखि असोज १५ सम्म रमाइलो मेला आयोजनाको सबै तयारी गरेको क्लबका महासचिव शेरबहादुर बस्नेतले जानकारी दिए ।
काँकरभिट्टा खेल मैदानमा सांगीतिक महोत्सव तथा मेलामा खेल तमासा, मेचीनगरका ब्यापार(ब्यवसायलाई प्रोत्साहन गर्न ब्यवसायिक, स्वास्थ्य, विभिन्न संघसंस्थाले चेतनामुलक एकसय स्टल राखिने र स्टल खुल्ला गरिएको छ । २१ दिनसम्म सञ्चालन हुने मेलाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका कलाकारहरु अस्मिता अधिकारी, प्रिती आले, भिटेन, तृष्णा ब्याण्डलगायत स्थानीय कलाकार र ब्याण्डको प्रस्तुति रहने क्लबका अध्यक्ष गंगालाल गुरुङले जानकारी दिए ।
मेला अवधिभर उच्च ब्यवस्थापन गर्न क्लबका राजु गुरुङको संयोजकत्वमा समिति बनाएको छ भने सुरक्षाको ब्यवस्थापन, कलाकार अग्रिम बुकिङ, मेला स्थलको ब्यवस्थापन गरिएको जनाएको छ ।
मेला स्थलको ब्यवस्थापन लगायत सबै प्रक्रिया पूरा भएको महासचिव बस्नेतको भनाई छ ।
मेलाका ठेकेदार रोहित शाह र काँकरभिट्टा भेट्रान क्लबको संयुक्त लगानीमा रहेको उक्त मेलामा दैनिक ३ हजारबढी दर्शक आगमन हुने अपेक्षा गरिएको क्लबका राजु पौडेलले बताए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
