धुलाबारीमा ब्रिज इन्टरनेशनल

मेचीनगर । विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि धुलाबारीमा अर्को कल्सनटेन्सी पनि थपिएको छ । वुधवारदेखि धुलाबारीमा ब्रिज इन्टरनेशनलको शाखा विस्तार भएको हो ।
तेस्रो कल्सनटेन्सीका रूपमा ब्रिज इन्टरनेशनल शाखाको बुधवार मेचीनगर नगरपालिका का प्रमुख गोपालचन्द्र बुढाथोकीले विधिवत उद्घाटन गरेका थिए । यसअघि धुलाबारीमा नेक्सेस र बिर्तामोड एजुकेशनल कल्सनटेन्सी स्थापना भइसकेको छ ।
नगर प्रमुख बुढाथोकीले उच्च शिक्षा हासिल गर्न विदेश जानू राम्रो र अवसर पनि रहेको बताए । उनका अनुसार नेपालमा जनशक्तिको अभावमा राम्रो शिक्षा आर्जनका लागि विद्यार्थीहरू विदेश पलायन भइरहेको दावी छ ।
विदेश गएपिन फर्केर नेपालमा केही गर्न सकिए विदेश गएको प्रतिफल हुने उनको बुझाइ छ । परम्परागत कृषि र शिक्षा भन्दा आधुनिक र प्राविधिक शिक्षा आर्जन गरेर नेपालमा नै उत्पादन गर्न उनको जोड छ ।
ब्रिज इन्टरनेशनलका प्रमुख भुवन गिरीले उच्च शिक्षा हासिल गर्न विदेश पठाएरपछि नेपालमा केही गर्न सक्ने बनाउने उदेश्य रहेको जानकारी दिए ।
नेपालका विभिन्न ठाउँमा ९ वर्षदेखि ९ वटा ठाउँमा शाखा रहेको ब्रिजको ४० वटा देशसँग समन्वय रहेको गिरीले बताए । धुलाबारीमा सञ्चालनमा आएको शाखामा ५० देखि ६० जना विद्यार्थीले विभिन्न विधामा अध्ययन गर्दैछन् । शाखाले आयल्स कक्षा, बारिष्टा, फोटोग्राफि, निलडेविट हेयर सेलुन लगायतमा २५ प्रतिशत छुट दिएको सञ्चालक नवराज भट्टराईले बताए । कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, ब्रिज इन्टरनेशनलका प्रमुख गिरी, सञ्चालक टीका मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । ब्रिज इन्टरनेशनल धुलाबारी शाखा प्रमुख नितेश खतिवडाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...