मेचीनगर–१४ : बालसुबोधिनीलाई म्याजिक भ्यान

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय गाडी (म्याजिक भ्यान) हस्तान्तरण गरेको छ । नगरपालिकाले बालसुबोधिनी माध्यमिक विद्यालय मेचीनगर–१४ लाई (म्याजिक भ्यान) हस्तान्तरण गरेको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन मेचीनगर नगरपालिकाको नौ लाख र मेचीनगर नगरपालिका वडा नम्बर—१४ को १७ लाख ५० हजार गरी कुल २६ लाख ५० हजार रुपैयाँ लगानीमा म्याजिक भ्यान खरिद गरिएका हो ।
सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइराख्न विद्यालयलाई स्कूल गाडी ‐म्याजिक भ्यान) हस्तान्तरण गर्ने योजना बमोजिम नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, १४ नम्बर वडाका वडाध्यक्ष बाबुलाल सुब्बाले एक कार्यक्रमका बीच सवारी साधनको आवश्यक कागजात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरलाल राजवंशी, सदस्य लोकेश्वर राजवंशी र प्रधानध्यापक विश्व थापालाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।
विभिन्न क्षेत्रमा कार्यरत मजदुरका छोराछोरीहरु अध्ययन गर्ने त्यस विद्यालयमा अहिले सिटी सफारी र टेम्पोमा विद्यार्थी आउने गरेका छन् । १५ देखि २० वटा त्यस्ता सवारी साधन प्रयोग भएका छन् ।
बालसुबोधिनी हरेक दृष्टिकोणले विद्यार्थीदेखि अभिभावकासम्मको रोजाईमा पर्ने गरेको छ । जिल्लाभित्र र बाहिर थुप्रै विद्यार्थी शिक्षक अध्ययन अवलोकनका लागि आउने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रधानध्यापक विश्व थापले सञ्चालन गरेको थिए ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...